Advertisement
विज्ञापन

अर्घाखाँचीमा प्रदेशसभा ‘क’ र ‘ख’ द्वारा आगामी निर्वाचनका लागी उम्मेद्वारहरु सिफारिस



Advertisement
विज्ञापन

अर्घाखाँची ।
नेपाली कांग्रेस अर्घाखाँची प्रदेश क्षेत्रीय कार्यसमिती ‘क’ र ‘ख’ ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि संघ र प्रदेशका उम्मेद्धारहरु सिफारिश गरेको छ ।

बिपी स्मृती भवन सन्धिखर्कमा सम्पन्न प्रदेश क्षेत्रीय कार्यसमिती ‘क’ र ‘ख’ को संयुक्त बैठकले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेद्वारहरु जिल्ला कार्यसमितीमा सिफारिश गरिएको हो । संघ र प्रदेशका लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेद्धारहरु सिफारिस गरिएको प्रदेशसभा क का सभापती राजेश पन्थीले जानकारी दिए । प्रदेशसभा क्षेत्रीय कार्य समितिले सिफारिश गरेको उम्मेद्वारहरुको नामावली गोप्य राखिएको छ । ति नामहरुलाई १८ गते बस्ने नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठकले पुर्णता दिनेछ ।


Advertisement
Advertisement
Advertisement

बैठकमा नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रेवती प्रसाद भुसाल, नेता डा. रामबहादुर विसी, पुर्व आमन्त्रीत केन्द्रीय सदस्य बालकृष्ण पाण्डे, पुर्व जिल्ला सभापती कमल प्रसाद भुसाल, महाधिवेशन प्रतिनधी सुर्य प्रसाद अधिकारी, लेखनाथ पोख्र्रेल, कांग्रेस नेता यादव प्रसाद घिमिरे, महाधीवेशन प्रतिनिधि चन्द्रमान श्रेष्ठ, मणिराम परियार, लक्ष्मी श्रेष्ठ, चन्द्रा गैरे, अम्बिका पोख्रेल लगायतले मन्तव्य राखेका थिए ।

बैठक क्षेत्रीय सभापतिहरु राजेश कुमार पन्थी र हेमन्त बेल्वासेको अध्यक्षता तथा सचिव नारायण प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad