नारायण घाट मुग्लिन सडकमा पहिराे खस्दा बाटाे अवरूद्व

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो।

पहिरा काे कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले बताए।

पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको छ। पहिराले सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन्।

स्राेत : रासस

 

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार