Advertisement
विज्ञापन

अर्घाखाँची प्रदेश `ख´ मा डा. जय बहादुर टण्डनको चर्चा



Advertisement
विज्ञापन

नारायण घिमिरे ।अर्घाखाँची

आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै चुनावि चहलपहल र बिश्लेशण सुरु हुन थालेको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा क्षेत्र रहेको अर्घाखाँची जिल्लामा नेपाली काँग्रेस सहितको गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिष्प्रधा हुने आकलन गरिएको छ । २०७४ को निर्वाचनमा संघमा माओवादी र दुई प्रदेश सभा मा एमालेले जित हात पारेको थियो ।
त्यसो त बेथितिको बढ्दो राजनैतिक घटनाक्रमका कारण देशमा स्वतन्त्रका नाममा होस् या त युवाको नाममा एकाएक राजनैतिक नेतृत्व ग्रहणका लागि होम्मिरहेको देखिन्छ । आखिर स्वतन्त्र या युवा नामको लागि कुनै मौसमी बाजा त यो पक्कै थिएन, तर परिस्थिति अनि राजनैतिक विकृतिका कारण व्यवस्थालाई व्यवस्थित पार्न, व्यक्तिलाई भन्दा विधिलाई प्राथमिकता दिन नेतृत्वले नसक्नुको कारण समयको एक स्वभाविक माग हो भन्ने हामी बुझ्न सक्नुपर्छ । व्यवस्था गलतकि व्यवस्थापन ? विधि गलत कि व्यक्ती ? व्यक्ती गलत कि पार्टी ? पार्टी गलत कि पार्टिका नेतृत्व ? यसलाई गहिराइमा वास्तविक मापन गर्न नेपाली जनताले पनि सक्नुपर्छ ।


Advertisement
Advertisement
Advertisement

नेपाली काँग्रेसबाट आउदो मंसिर ४ गते हुने निर्वाचनको लागि अर्घाखाँचीको प्रदेश सभा “ख” मा कांग्रेसको तर्फबाट सशक्त उम्मेदवारको रुपमा जय बहादुर टण्डनको चर्चा चलेको छ । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य तथा महाधिवेशन प्रतिनिधि समेत रहेका टण्डन सिटिईभिटीका पूर्व सदस्य सचिव समेत हुन् ।
उनी सिटिईभिटि क्षेत्रमा रहदा पाणिनी बहुप्राविधिक शिक्षालय , एग्रो फरेस्टि बहुप्राविधिक शिक्षालय लागायतका प्राविधिक शिक्षा अर्घाखाँचीमा भित्र्याउनमा प्रमुख भुमिका रहेको कुरा स्पष्ट नै छ । अर्घाखाँचीका विद्यार्थीका लागि पाणिनी बहुप्राविधिक शिक्षालय लगायतका प्राविधिक शिक्षाले ठूलो अवसर प्रदान गरेको कुरा त्यहाँको स्थलगत प्रगती विवरण बाट प्रष्ट हुन सकिन्छ । त्यसो त टण्डन विकासका योजना निर्माणका कुरामा सानै देखि विश्लेषक अनि कुशल योजनाकार हुन् ।

प्रशासनिक क्षेत्रमा समेत अब्बल रहेका र विभिन्न सामाजिक संस्था मार्फत योगदान गरेका उनले निर्वाचनको पूर्व सन्ध्यामा अन्य साथीहरूले पनि आकाङ्क्षा राख्नु स्वभाविक भएतापनी पार्टीले निर्वाचन जित्नकै लागि टिकट आफुलाई दिने र निर्वाचन जित्नेमा पनि कुनै शंका नरहेको बताए । निर्वाचन कसरी सानदार जित्न सकिने भन्ने आफ्नो पुर्ण योजनामा रहेका उनले आफ्नो चुनावी एजेन्डा समेत लगभग तयार गरेको आश्वासन दिए ।                                                                                                                                             प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जनताको माझमा आफू रहेको र सल्लाह सुझाव, प्रतिक्रिया सहित मीठो सहयोगको आश्वासन अनि उपयुक्त समय अहिले नै एकपटक यसैपटक भएको उत्प्रेरणा मिलेको कारण पनि निर्वाचन जुनसुकै हालतमा पनि विजयी हासिल गर्न सकिने विश्वासका सहित उम्मेदवारको रुपमा कम्मर कसेर लागेका डा. टण्डन – जनता बाट जय जयका साथ विजय हुने दाबी गरेका छन् ।
त्यसो त हाल नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको बिज्ञ समुहमा समेत बसेर काम गरेका टण्डन अर्घाखाँचीमा प्रभावशाली नेताकाे रुपमा चिनिन्छन् । समय अनुसार सत्यता, निष्ठा, इमान्दारिता, राष्ट्रियता रक्षा तथा यसका बाहकहरुसँग स्थाई मित्रता गाँस्न चाहने जनपृय नेता टण्डनले नै टिकट पाउने अधिक चर्चा रहेको छ ! उसो त टण्डनले आफू उम्मेदवारमा प्रस्तुत भएमा जित सुनिश्चित हुने बलियो दाबी गरेका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad