Advertisement
विज्ञापन

नेविसंघद्वारा बुटवल बहुमुखी क्याम्पसमा काङ्ग्रेस नेता प्रदिप गिरिको शोक सभा सम्पन्न



Advertisement
विज्ञापन

उमेश पछाई, बुटवल
नेपाली काङ्ग्रेसका नेता तथा केन्द्रीय सदस्य नेपाली राजनीतिका वैचारिक र समाजवादि चिन्तनका प्रेरक प्रदिप गिरिको ७५ वर्षको उमेरमा हिजो राति बजे मृत्यु भयको हो । उहाँको मृत्युले सिङ्गो देश नै शोकमा डुबेको छ । उहाँको मृत आत्माको चिरशाान्तिको कामना गर्दै नेवि सघं बुटबल बहुमुखि क्याम्पस इकाइ समिति द्वारा आयोजित नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका माननीय सदस्य प्रदीप गिरिको शोक सभा कार्यक्रम सम्पन्न भयको छ ।समाजवादि चिन्तनका प्रेरक गिरिको जन्म वि सं २००४ कार्तिक १६ गते सिराह जिल्लामा भयको थियो भने मृत्यु२०७९ भदौ ४ गते काठमाडौंको मेडिसिटी हस्पिटलमा हिजो भयको हो ।

 


Advertisement
Advertisement
Advertisement

नेविसंघ बुटवल बहुमुखीका विधार्थी नेता सुरज पन्थिको शोक मन्तव्य र नेविसंघ बुटवल बहुमुखी क्याम्पसका उपसभापति ऋषि भण्डारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भयको हो ।
शोक सभामा गिरिको सम्झनामा १ मिनेट मौन धारण गरि फोटोमा टीका माला र नेविसंघको झन्डा ओडायर उहाँप्रति सम्मान दर्साइयको थियो ।

कार्यक्रमका सभापति समेत रहेका ऋषि भण्डारी कार्यक्रम मा बोल्दै राजनीतिक चिन्तन र समाजवादी चिन्तनका प्रेरक गिरिको निधनले हाम्रो पार्टी र सङगठन लाई भावुक बनायको बताय साथै राज्यको पुन संरचना र सङघियता लोकतन्त्रलाई संस्थागत गर्ने लक्ष्य बोकि पटक पटक आवाज उठाईरहेका हाम्रो अग्रज व्यक्तित्वको निधनले हामी दुखि छा‌ै नेविसंघ बुटवल बहुमुखी क्याम्पस दुखित छ भन्ने कुराको जिगिर गरे उहाँको मृत्युुले परिवार जन ,आफन्त र पार्टीमा परेको दुख लाई ईश्वरले धैय धारण गर्ने शक्ति प्रदान गरून् भन्दै गिरिको मृत आत्मा प्रति चिरशान्तिको कामना सहित श्रद्धाञ्जलि व्यक्त गरे ।

 

बुटवल बहुमुखी क्याम्पसका लोकप्रिय विधार्थी नेता सागर पौडेल शोकसभामामा बोल्दै गिरिलाई अग्रज,समाजवादी चिन्तनशिल को संज्ञा दिदैँ ,आफ्नो पार्टी के कसरी मजबुत बनाउन सकिन्छ भन्ने धारणा बोकेका गिरि हामी माझ नरहे पनि उनको योगदान नेपाली काङ्ग्रेसको ईतिहासमा अतुलनियल रहेको बताउदै प्रदिप गिरि जस्तो नेता नत हिजो थिय नत आज छन अब भोलि पनि नहुने हुनकि भन्ने चिन्ताले पिरलिरहेको बताय ।

कार्यक्रममा बुटवल बहुमुखि क्याम्पसका विधार्थी नेता मादप केसि,शोभाखर पाण्डे, कपिलदेव पाण्डे,नवीन पाण्डे ,उज्वल कुवँर, राजन खनाल, विपिन पाण्डे ,निरज शर्मा प्रकाश पन्थि लगायत नेविसंघ र प्रदिप गिरिलाई सम्मान गर्ने विधार्थीहरूको उपस्थिति रहेको थियो ।

नेविसंघ बुटवल बहुमुखी क्याम्पसका उपसभापति ऋषि भण्डारीको सभापतित्वमा सम्पन्न भयको कार्यक्रमको सञ्चालन विधार्थी नेता उमेश पछाईले गरेका थिय।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad