
भाद्र ०२ ,बुटवल
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन क्रान्तिकारी मुल ईकाई समितिको विशेष पहलमा बुटवल बहुमुखी क्याम्पसमा सि सि क्यामरा जडान गरियको छ ।
अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस मुल समितिको एक सुत्रिय मागको रुपमा गत असार २१ गते क्याम्पस प्रमुख समक्ष तत्काल क्याम्पस प्राङ्गणभित्र विद्यार्थी , शिक्षक,कर्मचारी तथा क्याम्पसका भौतिक सम्पतिको सुरक्षाको निम्ति क्याम्पसमा तत्काल सिसिटिभी क्यामरा जडान गर्नुपर्ने माग पेश गरेको थियो।
पटक पटकको दबाब र चर्को विरोधको कारण हाम्रो सङ्गठनको मागलाई ध्यानमा राखेर क्याम्पसले सि सि क्यामरा जडान गरेको अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस मुल ईकाई समिति का अध्यक्ष विष्णु प्रसाद ज्ञवालीले बताउनु भयो ।
यसभन्दा अगाडि नेविसंघ र अनेरास्ववियूले पहिले देखिनै सि सि क्यामराको विषयमा मा पटक पटक आवाज उठायको र असार २१ गते अनेरास्ववियू क्रान्तिकारी ले पुन मागपत्र पेश गरेसँगै उक्त कुरा क्याम्पस र विधार्थीको हकहितमा रहेको कुरा मनन गर्दै सिसि क्यामरा जडान गरियको क्याम्पस प्रमुख खिमानन्द न्यौपानेले बताउनुभयो ।
क्याम्पसमा खानेपानी र महिलाहरूका लागि सेनेटरि प्याडको समस्या रहेकोले उक्त समस्या समाधानका लागि पनि अनेरास्ववियु क्रान्तिकारी ले माग राख्दै आयको अनेरास्ववियू क्रान्तिकारी बुटवल बहुमुखि क्याम्पस का मुलु समितिका सचिव निमा गिरी ले बताउनुभयो ।