Advertisement
विज्ञापन

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै के भने त सांसदहरु



Advertisement
विज्ञापन

बुटवल भदौ २, २०७९

प्रतिनिधिसभा सदस्य अमृता थापाले भीभीआइपी बस्ने काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न माग गरेकी छन् । बिहीबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद थापाले सरकारसँग यस्तो माग गरेकी हुन् ।उनले राष्ट्रियसभाको उपाध्यक्ष तत्काल निर्वाचन गर्न माग पनि गरिन् । त्यस्तै सांसद थापाले राष्ट्रिय महत्व र आम नागरिकको चासोको नागरिकता विधेयक समानता र सहमतिको आधारमा अगाडि बढाउन माग गरिन् ।त्यस्तै सांसद इन्दुकुमारी शर्माले संविधान सभाबाट संविधान बनेको सात वर्षसम्म नागरिकतामा राजनीति भएको बताइन् । उनले राजनीतिक दलहरुले समेत नागरिकतामा गम्भिर नहुँदा लाखौं नागरिक नागरिकता विहीन भएको बताइन्  सांसद शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले पास गरेर पठाएको नागरिकता विधेयक फिर्ता पठाएर लाखौं नागरिकको अधिकारमाथि कुठाराघात भएको बताइन् । उनले राष्ट्रपतिले जनताको संवेदनशीलता भन्दा पनि राजनीतिक दल भन्दा माथि उठ्न नसकेको आरोप लगाइन् ।


Advertisement
Advertisement
Advertisement

सांसद उमाशंकर अरगरियाले मुलुक संघीयतामा गएकाले कर्मचारी सरुवा बढुवामा समस्या भएको बताए । उनले सरकारले संघीय निजामति ऐन तत्काल ल्याउन माग गरे । कुमारी तुलसी थापाले राष्ट्रपतिबाट संसदमा फिर्ता पठाएको विधेयक सर्व सहमति बनाउनको सट्टा सत्ता गठबन्धनले जस्ताको तस्तै प्रमाणीकरणको लागि पठाउने निर्णयले राष्ट्रपतिको मानमर्दनमा अपमान गरेको बताइन् । उनले सत्ता गठबन्धनको अहंकार युक्त निर्णयले आगामी निर्वाचनमा जनताले विवेक पुर्याउने बताए ।

 

सांसद कृष्णगोपाल श्रेष्ठले राष्ट्रपतिले सन्देशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई अवसरको रुपमा लिनुपर्ने बताए । उनले नागरिकता विधेयकमा राष्ट्रिय सहमतिका आधारमा त्रुटी सच्याउनुपर्ने बताइन् । सांसद श्रेष्ठले सत्ता गठबन्धनले बलपूर्वक अगाडि बढाउने प्रयास नगर्न आग्रह गरिन् ।

त्यस्तै सांसद कृष्णप्रसाद दाहालले राष्ट्रपतिले सन्देशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयक जबर्जस्ती भन्दापनि राष्ट्रिय सहमतिको आधारमा अगाडि बढाउनुपर्ने बताए । त्यस्तै उनले सरकारले तत्काल कोरोना बीमा बापतको रकम भुक्तानी गर्न पनि माग गरे ।

सांसद कृष्णबहादुर राईले फोहोर व्यवस्थापनमा काठमाडौंका मेयर र मन्त्रीले लाचारीपन देखाएका बेला धरानका मेयर आएपछि फोहोर व्यवस्थापन हुने भयो भनेर घोषणा गरेको बताए । उनले काठमाडौंका मेयर बालेन साह र धरानका मेयर हर्क राईको दोहोरी चलेको देखिएको बताए ।

फोहोर व्यवस्थापन गर्ने नाममा स्थानीय जनताको मागलाई सरकार र महानगरले नजरअन्दाज गरेको आरोप उनको छ । उनले फोहोर व्यवस्थापन महानगर वा सरकारले गर्ने भन्ने कुराको अन्योल रहेको बताए । सांसद राईले काठमाडौंको फोहोर व्यवस्थापनको लागि महानगर र सरकार दुवैले योजना अगाडि नबढाएको आरोप लगाए ।

सांसद खेमप्रसाद लोहनीले नागरिकताको प्रमाणपत्र जस्तो संवेदनशील विषय उपहार दिए जस्तो तत्काल वितरण गर्न नहुने बताए । उनले सत्ता स्वार्थको लागि विवाह हुनासाथ नागरिकताको प्रमाणपत्र दिन नहुने बताए । उनले नागरिकता प्रमाणपत्र विवाह गरेर आएको सात वर्षपछि दिने व्यवस्था गर्नुपर्ने बताए ।

त्यस्तै सांसद गजेन्द्रबहादुर महतले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यङ्ग्य गरे । उनले सरकारले नागरिकता विधेयक पुनः प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा दिउँसो नभइ राति पठाउनुपर्ने बताए । उनले अप्ठ्यारा कामहरु राति नै फत्ते हुने बताए । उनले प्रतिपक्षले बारम्बार लेखा समितिको सभापति माग गरेको भन्दै अन्य चारवटा समितिको सभापति फिता गर्नुपर्ने बताए ।

त्यस्तै सांसद घनश्याम खतिवडाले स्वास्थ्य वीमाप्रति सरकारले गैरजिम्मेवारी पन देखाएको बताए । उनले काठमाडौंको फोहोर व्यवस्थापन अस्तव्यस्त, विकास निर्माण अस्तव्यस्त लगायत सबैतिर अस्तव्यस्त रहेकाले सत्ता गठबन्धन मंसिर चारसम्म बस्न नहुने बताए ।

उनले मंसिर ४ गते भन्दा अगाडि नै सरकार छोड्नुपर्ने बताए ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad