Advertisement
विज्ञापन

अर्घाखाँचीमा रायमाझीलाई टक्कर दिदैँ मुस्कान



Advertisement
विज्ञापन

भाद्र १ ,अर्घाखाँची
अर्घाखाँचीमा यसपटकको संसदीय निर्वाचन रोचक हुने भएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन रोचक बन्ने देखन्छि ।

यस क्षेत्रको बलियो उम्मेदवार एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी हुन् । उनले लगातार तिन पटक माओवादीबाट चुनाव जितेर उपप्रधानमन्त्रीसम्म बनेका छन् । अहिले भने उनी एमालेबाट चुनाव लड्दैछन् ।


Advertisement
Advertisement
Advertisement

रायमाझीलाई टक्कर दिनेगरी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णप्रसाद खनाल मुस्कानले तयारी गरेका छन् । जनतामा निकै लोकप्रिय रहेका मुस्कान अर्घाखाँची प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि परिपक्क नेता हुन् ।

जिल्ला सभापति हुँदा पाटी संगठन निर्माण, पाटी प्रवेश, क्रियाशिल सदस्यताको लिष्ट केन्द्रमा बुझाउने अर्घाखाँची पहिलो जिल्ला सहित उत्कृष्ट काम गरेका मुस्कान अहिले चुनावको तयारी गर्दैछन् । जनतामा निकै लोकप्रिय रहेका नेता भएकाले मुस्कानले जित्ने स्थानीय नेताहरू बताउँछन् ।

माओवादी छोडेर एमालेमा गएका टोपबहादुर रायमाझी पनि बलियो उम्मेदवार हुन् । उनले तीन पटक संसदीय निर्वाचन माओवादी केन्द्रबाट जितेका थिए । अहिले रायमाझी निर्वाचनकै लागि महिनामा आधा समय जिल्लामै हुन्छन् । तर एमालेकै नेताहरू भने उनले हार्ने बताउँछन् । एमालेमै संघर्ष गरेका र उदयमान नेताहरू हुँदाहुँदै तीन पटक साँसद र पटकपटक मन्त्री बनेका रायमाझीले दाबी गर्न नहुने बताउँछन् ।

पार्टीको केन्द्रीय सचीव जस्तो व्यक्ति जसले पटकपटक अवसर पाएको छ । त्यस्तो व्यक्ति अब लड्नु नहुने एमालेका स्थानीय नेताहरूको आवाज छ । अर्कातिर पार्टीभित्र चर्को असन्तुष्टि पनि भएकाले रायमाझी उपयुक्त उम्मेदवार नहुने उनीहरू बताउँछन् ।

एक जना एमालेका पुराना र दिग्गज नेताले मुखै फोरेर अहिले एमालेले रायमाझीलाई टिकट दिए अर्घाखाँचीमा बबन्डर हुनेवाला भएको बताए । हामी त भोटै दिनौँ, रायमाझी निकै स्वार्थी नेता भएको उनको दाबी छ । उनले भने, ‘मन्त्री र सांसद पद पाउनकै लागि उनले पार्टी छोडेका हुन् । भोलि एमाले छोडेर कांग्रेसमा जाँदैनन् भन्ने ग्यारेन्टी के छ ।

उनले रायमाझी र मुस्कान चुनाव लडे आफू मुस्कानलाई भोट माग्न हिड्ने बताए । त्यतिमात्र होइन एमालेका पुराना र कतिपय युवाहरू समेत रायमाझी हराउने अभियानमा लाग्ने बताए । पार्टीको सचीव, उपप्रधानमन्त्री भैसकेको र अनुभवी व्यक्ति अर्घाखाँचीको लागि राम्रै हुन्छ होला नी भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘त्यस्तो पनि हुन्छ, अनुभवी भन्दैमा सधैभरी उसैलाई मात्रै अवसर दिने भन्ने हुन्छ बपौतीमा पाएजस्तो हँ रु पार्टीमा उनीभन्दा प्रभावशाली नेता पनि छन, उनीभन्दा एमालेमा मेहनत गरेका नेता पनि छन् । अनुभवी भन्दापनि अब नयाँ सोँच भएको युवा चाहिएको छ ।’

यसअघिको निर्वाचनमा बाम गठबन्धन हुँदा राम्रै मतान्तरले जितेका रायमाझीलाई अहिले भने चुनाव जित्न फलामकै चिउरा हुने बताइन्छ । ‘स्थानीय तहको निर्वाचनमा त एमालेकै राम्रो मत आयो रायमाझीले कसरी हार्लान भन्ने प्रश्नमा पूर्वएमालेका एक नेताले यतिबेला अन्य दलले संयोजन मिलाउन र राम्रा उम्मेदवार छान्न नसकेकाले एमालेलाई सहज भएको बताए । उनले पनि कांग्रेसबाट मुस्कान उठेको खण्डमा उनले एमालेको पनि राम्रो मत पाउने बताए ।

मुस्कानको नेतृत्वमा यसभन्दा अघिल्लो स्थानीय तहको चुनावमा जिल्लाका ६ स्थानीय मध्ये ४ तहमा कांग्रेस–माओवादी चुनावी तालमेल भएको थियो । त्यसमा ३ तहमा गठबन्धन सहित कांग्रेस उम्मेदवारले चुनाव जितेका थिए

छत्रदेव र पाणिनिमा कांग्रेस एक्लै लडेर जितेको थियो । ६ स्थानीय तहका १२ पद मध्येमा ६ पदमा कांग्रेस उम्मेदवारले चुनाव जितेका थिए ।

रायमाझी निकै स्वार्थी नेता भएको र कोभिडको समयदेखि उनी थप अलोकप्रिय बनेको बताइन्छ । सधैभरी जनतालाई झुक्याउन नसकिने भएकाले रायमाझी सकेसम्म समानुपातिकमा बस्ने प्रत्यक्ष निर्वाचन नलड्ने तयारीमा लागेको पूर्वमाओवादी नेता बताउँछन् । ‘उनी चतुर छन्, यसपटक चुनाव लड्दैनन’ उनले भने ।

कार्यकर्ताबीच लोकप्रिय मुस्कानलाई बहुसंख्यक कार्यकर्ता सहित ५ दलीय गठबन्धनका नेता तथा कार्यकर्ताले संघीय सांसदको चुनाव लड्न दवाव दिएपछि उनी तयार भएको बताइन्छ । कांग्रेसले मुस्कानलाई उम्मेदवार बनाए एमालेको पनि राम्रो मत आउने आँकलन कांग्रेस नेताहरूको बुझाई छ ।

यसपटक माओवादी, राजमो, नेकपा एस, जसपाको मतले कांग्रेस उम्मेदवारले चुनाव जित्ने सुनौले अवसर छ । अर्कातिर लगातार तिन पटक माओवादीबाट चुनाव जितेर उपप्रधानमन्त्रीसम्म भएका एमाले सचिव रायमाझीलाई हराउनुपर्ने दवाबमा कांग्रेस नेताहरू छन् ।

मुस्कानको जनस्तरसम्म प्रभाव राम्रो भएको र एमालेका मत समेत पाउन सक्ने रिपोर्टिङ नेतृत्वलाई गरिसकेका छन

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad