नागरिकता विधेयक फिर्ताको विरोधमा तौलिहवामा प्रदर्शन

प्रिन्स मिश्रा, कपिलवस्तु ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि तौलिहवामा विरोध प्रदर्शन भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी कपिलवस्तुले सोमबार तौलिहवाको जिल्ला प्रसाशन अगाडि नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको हो ।

 

लोसपा पार्टीका जिल्ला अध्यक्ष कैलाश आग्रहरी, जिल्ला सचिव रजनीश पाण्डेय, युवा नेता कमलेश सरण चौधरी, मधु सूदन सरण चौधरी, रबिन्दर मिश्रा, ओमकार नाथ शुक्ला लगायतका नेताहरूको उपस्थिति रहेको थियो । विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी समेत गरेका थिय ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार