राँगो पालेरै वार्षिक ८ लाख आम्दानी

कृष्ण अन्जान, गुल्मी । जीवन जिउन अनेकौँ सँघर्ष गरेका रुरुक्षेत्र गाउँपालिका वडा नं। १ अम्लपाटाका इन्द्र ज्ञवाली कान्छादाईु छोराहरुले गरेको पौरखले खुसी देखिन्छन् ।गाउँका सबै युवाहरु विदेशतिर पलाएन भईरहँदा इन्द्र ज्ञवालीका तीन छोरा शिव, बसन्त र रामु ज्ञवालीले गाउँ पनि छाडेका छैनन र गाउँमै इलम गरेर बसेका छन ।

जेठा शिव ज्ञवालीले स्थानीय रिडीबजारमा मासु पसल गर्छन भने अरु दुई भाई घरमै बसेर खेतीपाती पशुपालन कार्य गर्छन ।यो परिवारले करिब बाह्र वर्षदेखि राँगो पालनलाई आफ्नो प्रमुख पेसा नै यही बनाएको छ । राँगो पालनबाट वर्षमा सातदेखि आठलाखसम्म आम्दानी हुने गरेको इन्द्र ज्ञवालीका जेठा छोरा शिव ज्ञवाली बताउँछन् ।

मुख्यरुपले रुरुक्षेत्र गाउँपालिकाको वडा नं। ३ थानपतिको बसन्त पोखरी, खोरबारी पोखरा, गौतमटोल, फेक्लदि, फल्लेखर्क, स्यालपोखरीका सातै वडा न १ को च्यूरेकको सबै क्षेत्रका भैसिपालक किसामहरुका लागि विउ(राँगोको रुपमा उनले पालेको राँगोको अत्यधिक माग हुन्छ ।

 

२०६६ सालबाट राँगोपालन शुरु गरेको यो परिवारले शुरुमा एउटा भैँसी बाली जाँदा तिनसय पचास लिने गरेकोमा बाह्र वर्ष वित्दा एउटा भैँसि बाली गए १ हजार ५ सय लिने गरेको बसन्त ज्ञवाली बताउँछन् । उनी भन्छन्, ुदिनरात झरि वर्षा नभनी किसानहरुले बोलाएका ठाउँमा पुगेका छौँ, किसानहरुले पनि भैँसीवाली गएपछि सजिलै पैसा दिनुहुन्छ ।

वास्तवमा राँगो पालन धेरै गाह्रो छ । स्याहार सुसार खान्कीको सबै व्यवस्थापन गर्नु पर्ने भएकाले महँगो त छ तर पनि यो व्यवसायमा लागियो र परिश्रम गरियो आम्दानी पनि राम्रै हुने शिव ज्ञवालीको भनाई छ ।

सिजनमा त दिनमै पाँच छ ठाउँपनि राँगो लिएर जानुपर्छ व्यवसाय नै यहि भएपछि नाई भन्न भएनू उनले भने ।हामी तिनै भाई घरमै छौँ । म रिडीमा फ्रेस हाउस गर्छु । भाईहरुले राँगो पालन गरेका छन । राम्ररी नै घर चलेको छू शिव ज्ञवालीले भने, ूविदेश तिर गएपनि दुस्खै हो, बरु आफ्नो गाउँमा दुस्ख गर्न जाति । यहि सोँचेर गाउँमै बसेर व्यवसाय गरेका छौँ चलेकै छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै