
उमेश पछाई ।
नेविसंघ बुटवल बहुमुखी क्याम्पस एकाइ समितिद्वारा आयोजित सुशील काेइरालाकाे ८३ओैं
जन्मजयन्ति दिवस एक कार्यक्रम बिच सम्पन्न भयकाे छ। नेपालकाे संविधानकाे पिता नेपाली काङ्ग्रेस पुर्व सभापति एवम् नेपालकाे पुर्व प्रधानमन्त्री सुशील काेइराला काे ८३ओैं जन्म जयन्ति उहाँको सम्झनामा क्याम्पस काे गेट अगाडि दिप प्रज्जवलन गरि मनाईयकाे हाे। कार्यक्रमका सभापति ऋषि भण्डारीले मैनबत्तिमा दिप प्रज्वलन गर्दै कार्यक्रमकाे उद्घाटन गर्नुभयकाे थियाे।

बुटवल बहुमुखी क्याम्पसका विधार्थी नेता उमेश पछाई ले शुभकामना मन्तव्य राख्दै सादा जीवन उच्च विचारका धनि मानिने सुशील काेइरालाकाे जीवन अरू नेताहरूकाे तुलनामा सामान्य रहेकाे कुरा र उनकाे याेगदानले उनी हामिमाझ सधैँ अंमर रहने बताउनु भयो ।
नेविसंघ बुटवल बहुमुखी क्याम्पसका इकाइ उपसभापति ऋषि भन्डारिको सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो ! कार्यक्रमकाे सभापति समेत रहेका ऋषि भण्डारीले उक्त कार्यक्रममा बाेल्दै सुशिल काेईरालाले नेपालकाे प्रजातान्त्रिक आन्दोलनमा कटिबद्ध रूपमा लागेकाे र संविधान ल्याउनकाे लागि पनि अतुलतिय याेगदान गरेकाे भन्दै उनलाई संविधानकाे पिताकाे रूपमा लिनुपर्ने र उहाँको याेगदान सधैं सम्झनामा रहने कुरा उल्लेख गर्नुभयाे ।
पछिल्लो समय नेपालि राजनीति मा देखिएको अस्थिरता, ब्यक्तिवाद , भष्ट्राचार बाट देश आक्रन्त भएको बेला यो देशमा कोइरालको स्मरण गर्दै उहाँ ले गरेको त्याग , धैर्यता, लगनशिल , निष्टवान बाट अहिलेका नेताहरुले पाठ सिक्न पर्ने बताउनु भयो ।
सभापति भन्डारिले देशमा संविधान , लोकतन्त्र र संघियता को कार्यान्वयन गर्न नेपालि काङ्ग्रेसले मात्र गर्न सक्ने भन्दै दलिय ब्यवस्था को बिकल्प नरहेको बताउनु भयो ! अझै पनि यो देशमा केहि प्रतिगामि शक्तिहरु यो देशलाइ अन्धकार तर्फ लान खोजेकोले यस्ता तत्वलाइ आगामि चुनाव बाट पत्तासाफ गर्न पर्ने कुरा बताउनु भयो! त्यस्तै कार्यक्रममा इकाइ उपसभापति कृष्न खनाल, बिधार्थि नेता बिष्नु खनाल कार्यक्रममा बोल्दै कोइरालाको अतुलनीय योग्दानको चर्चा गर्नु भयो ।

कार्यक्रममा गुल्मी रूपन्देही सम्पर्क समिति का सभापति विष्णु घिमिरे, विधार्थी नेता हरु राेशन भण्डारी , बिजया कडेल, सागर भण्डारी , बिनय आर्चाय , शोभाखर पान्डे , सागर गौतम लगायत नेविसंघ प्रति आस्था राख्ने दर्जनौं भन्दा बढि विधार्थीकाे उपस्थिति थियाे नेविसंघ बुटवल बहुमुखि क्याम्पसका उपसभापति ऋषि भण्डारीकाे सभापतित्वमा सम्पन्न भयकाे कार्यक्रमकाे सञ्चालन क्याम्पस एकाई सचिव प्रदिप घर्ती मगरले गर्नुभयकाे थियाे ।
