नेकपा गुल्मीद्धारा एमसीसी र एसपीपीविरुद्ध पाँच स्थानमा मसाल जुलुस र कोणसभा

गुल्मी । राष्ट्रघाती एमसीसी र एसपीपी सम्झौता खारेजीको माग गर्दै गुल्मीको पाँच स्थानमा नेकपाले मसाल जुलुस प्रदर्शन गरेको छ । चार पार्टीद्धारा घोषणा गरिएको केन्द्रीय कार्यक्रम अन्तर्गत गुल्मीमा नेकपाले मसाल जुलुस तथा कोणसभा सम्पन्न गरेको हो ।

गुल्मीको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक, अस्लेवा चौर, धुर्कोत गाउँपालिकाको बर्बोट र नयाँगाउँ, मदानेको पुर्कोत दहमा नेकपाले मसाल जुलुस सम्पन्न गरेको हो । सत्यवती गाउँपालिकाको ठूलो लुम्पेकमा भएको मसाल जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा गुल्मीका सेक्रेटरी सुमनले एमसीसी र एसपीपी सम्झौता राष्ट्रघाती भएको भन्दै यसलाई कुनै हालतमा पनि कार्यान्वयन गर्न नदिने बताउदै साम्राज्यवादका दलालहरुको दिनगन्ती सुरु भएको बताए ।

उनले एमसीसी पास गर्ने साम्राज्यवादका दलालहरुलाई देशबाट लेखेट्नुपर्ने बताउदै राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ता रक्षाका लागी देशभक्त र क्रान्तिकारीहरुले संघर्ष गर्नुपर्ने बताए । उनले राष्ट्रघाती नागरिकता विधेयक फिर्ता गर्नुपर्ने र महंगी, भ्रष्टाचार, लघुवित्त संस्थाको ज्यादती र सामाजिक अपराध विरुद्ध पार्टीले सम्झौताहिन संघर्ष गर्ने समेत बताए ।

सत्यवती गाउँपालिकाको अस्लेवा चौरमा भएको मसाल जुलुसपछिको कोणसभालाई गाउँपालिका इन्चार्ज पुरुषोत्तम अधिकारी र युवा संगठन नेपाल गाउँपालिका संयोजक गम्मर तरामु मगर, मदाने गाउँपालिकाको पुर्कोट दहमा भएको मसाल जुलुसपछिको कोणसभालाई जिल्ला जनसरकार प्रमुख एवं गाउँपालिका इन्चार्ज बसन्त गैरे, धुर्कोट गाउँपालिकाको बर्बोटमा भएको जुलुसपछिको कोणसभालाई नेकपा जिल्ला सदस्य एवं अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रीय सदस्य विनोद पोखरेल र नयाँ गाउँमा भएको मसाल जुलुसपछिको कोणसभालाई नेकपा जिल्ला सदस्य एवं युवा संगठन नेपाल जिल्ला संयोजक चन्द्र सुनारले सम्बोधन गरेका थिए ।

मसाल जुलुसमा सयौंको संख्यामा युवा एवं जनसमुदायको सहभागिता रहेको थियो । केन्द्रीय कार्यक्रम अन्तर्गत गरिएको मसाल जुलुसमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा नाराबाजी गरिएको थियो ।                                                                                                                                          भिडियो हेर्नुस् :https://fb.watch/eCRX69qkXx/

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै