
उमेश पछाई,गुल्मी ।
गुल्मी जिल्ला मुसिकाेट नगरपालिका भुवाचिदिका मिर्गौला पीडित बिष्णु बहादुर थापाले पुनर्जिबन पाएका छन् ।लामाे समयकाे उपचार पछि धर्मपत्नी अमृता थापाले आफ्नो मृगौला दिएर श्रीमान बिष्णु बहादुर थापालाइ नयाँ जीवन दिएकी हुन्।दुबै मृगौला गुमाएर मृत्युको मुखमा पुगेका बिष्णु बिश्वभर छरिएर रहेका सहयोगी मनमुटु हरुको सहयोगको कारण र पत्नी अमृताकाे ठुलो त्यागको कारण आज हाँस्न र बोल्न सक्ने भयका हुन ।
थाेरै रकमकाे जाेहाे भयाे भने सानाेतिनाे व्यवसाय गरेर बस्ने विष्णुले बताय ।यस सफलताको पहिलो प्रयास पत्रकार हुकुम थापालाइ नै जान्छ।हुकुम थापाले सञ्चालन गरेको `बिष्णु बचाउ’ अभियानमा तत्कालीन वडा अध्यक्ष खड्क बहादुर खड्का ,समाजसेवी झबिराम शर्मा लगायतका केहि सामाजिक ब्यक्तित्वहरुको सहयोग ,समर्थन र हौसलाको कारण देश बिदेशबाट साढे आठलाख जति रकम संकलन भएको थियो लामो समय डायलासिस गरेर आफ्नै पत्निको मृगौला प्रत्यारोपण गरी बिष्णु बहादुरलाई निकाे भयकाे हाे ।
उनलाई निकाे भयसँगै घरपरिवारमा खुशि छायकाे छ।
पिडित परिवारमाथि अजैपनि ऋणको भारी र बिहान साँझ हातमुख जोड्ने समस्याले सताइरहेँकाे हुदाँ
पहिले झैं मनका धनी सहयोगी साथिहरूले सहयोग गरिदिनु भयो भने यो परिवारमा अझबढि खुशीयालि छाउने स्थानीय व्यक्तिहरूकाे भनाई छ।