लायन्स स्टार्स द्धारा बिद्यालयलाई सहयोग
बुटवल ।लायन्स क्लब अफ बुटवल स्टार्सद्धारा देवदह नगरपालीका वडा ६ केउली अवस्थीत सरस्वती आधारभुत बिद्यालयमा सहयोग गरेको छ । क्लबले आइतबार एक कार्यक्रमको बिच बिद्यायलाई नगद २५ हजार रुपैयाँ सहित स्टेनशनरी, खेलकुद सामग्री प्रदान गरेको हो । शैक्षिक सामाग्री तथा खेलकुद सामाग्रीहरु क्लब अध्यक्ष विजय कुमार बर्नवालले स्कुलका प्रधानाध्यापक खुम बहादुर सारु लाई हस्तारण गरेको हुन ।
अध्यक्ष विजय कुमार बर्नवालले क्लबले यो बर्ष शैक्षिक क्षेत्रमा १५ ,१५ दिनमा सहयोग गरिने बताए । कार्यक्रम क्लब का पूर्व अध्यक्ष तथा एरिया ३ चिफ एम.एल. पाण्डेको जन्मउत्सव मा सहयोग गरेको थिथो ।
यस्तै कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि का फस्ट भ्याइस गर्भनर अर्जुमा सैजुले स्टार्सको नारा ‘जहाँ दुःखछ त्यहाँ पुग्छ’भन्ने नारालाई आत्मसाथ गर्दे अति गरिब तथा बिपन्न वर्गका छोराछारीहरुलाई शिक्षाबाट बन्चीत नहुन भनेर सहयोग गरेकोमा प्रशंसा गरे ।
क्लबका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक सचिव संन्दिप कसौधन लगाएत बोलेका थिए । उनले मानविय सेवा भावले सामाजिक क्रियाकलापमा लायन्सको योगदान उच्चरहेको भन्दै आगामीदिनमा पनि यसले निरन्तरता पाउने बताएका थिए । उनले सबैको साथ र सहयोगबाट मात्रै समाज परिर्वतन आवश्यक रहेको भन्दै सामाजिक क्षेत्रमा थप क्रियाशिलता बढाउने प्रतिवद्धता समेत जनाएका थिए ।
यसैविच, सामाजीक क्षेत्रमा कृयासिल लायन्स क्लब स्टार्सले आइतबार एक कार्यक्रको बिच बृक्षरोण गरेको छ । देवदह नगरपालीका वडा ६ केउली स्थीत सरस्वती आधारभुत बिद्यालय को प्राङ्गगडमा फलफुल बृक्षरोपण गरेको छ । आँप,लिची,अम्बा,स्वाउ,लागाएत बृक्षरोपण गरिएको सयोजक भुपेन्द्र अर्यालले बताए ।
अध्यक्ष बिजय बर्नवाल बृक्षरोपणले बातावरणीय प्रभाव न्यूनिकरण गर्ने बताए र क्लबले हर्बल गर्डेन देवदह र संकनगर वन विहार तथा अनुसन्धनन केन्द्र भित्र पार्क निर्माण गरेको र आवश्यता अनुरुप बृक्षरोपण तथा निर्माण गरिने बताए । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि का फस्ट भ्याइस गर्भनर अर्जुमा सैजुले पर्यावरण बचाउन तथा जिवजन्तुको लागी यो कार्यले राम्रो भुमिका खेल्ने बताए ।