गुल्मी रेसुङ्गाको साउने मेलामा राम्दीबाट १४ पण्डित आउने
टोपलाल अर्याल,गुल्मी । बस्नेत संघ गुल्मीले रेसुङ्गामा विशेष पुजा गर्ने भएको छ । साउन १ गतेबाट रेसुङ्गामा सुरु हुने साउने मेलाको पहिलो दिन ११ बटुकद्वारा लघु रुद्री र अरु तीन जना पण्डितबाट बिशेष पुजा गरिने संघका अध्यक्ष देब बहादुर बस्नेतले जानकारी दिए ।
बस्नेत संघ जिल्लामा २०५८ सालमा स्थापना भएको थियो संघले प्रत्येक बर्षबाट रेसुङ्गामा पुजा व्यवस्थापनमा सहयोग गर्दै आएको छ। रेसुङ्गा सिद्धबाबा मन्दिरमा बस्नेत पुजारीलाई बिशेष रुपमा महत्व दिने गरिएको छ। साउन १ गते बिशेष पुजा र एक महिना पुजारी मात्रै मन्दिरमा रहने संघका अध्यक्ष बस्नेतले बताए ।
उनले बस्नेतहरुसंग जोडिएको रेसुङ्गा सिद्धवाबाको सम्बन्ध अझै प्रगाढ गराउँदै बस्नेहरुलाई जिल्लाभर एकीकृत गर्ने उदेश्यले पाँच बर्षदेखि बिशेष रुपमा पुजा थालिएको बताए । रेसुङ्गा सिद्धबाबा मन्दिरमा पाठीको बलि दिने परम्परा थियो । त्यो परम्पराको बारेमा देशका विभिन्न स्थानमा बुझ्दा बलि प्रथा गलत भन्ने प्रमाणित भएपनि अहिलेबाट प्रत्येक बर्ष बिशेष पुजा गर्ने योजना बनाइएको बस्नेत संघका उपाध्यक्ष नेत्र बहादुर बस्नेतले जानकारी दिए ।
साउने मेलाको पहिलो दिन पुजा गर्न राम्दीबाट ११ जना र तीन जना पण्डित गरेर १४ जनाको टोली रेसुङ्गा आउने उपाध्यक्ष बस्नेतले बताए । जिल्लामा करिब पाँच हजार बस्नेत परिवार छन् । संगठित गर्ने र एकिन तथ्यांक लिने काम भइरहेको संघका सचिव अनिल बस्नेतले जानकारी दिए ।
उनीहरुले बस्नेत परिवारभित्र गम्भिर बिरामी हुँदा, आर्थिक अवस्था कमजोर हुने परिवारलाई सहयोगसंगै पाँच बर्षदेखि रेसुङ्गामा महिनाभर पुजा र प्रसाद खुवाउने गरिएको बस्नेतले बताए । अहिले संघले आजिवन सदस्य बनाएर प्रत्येक सदस्यबाट ५ हजार संकलन गरेर कोष स्थापना गर्ने र व्याजबाट रेसुङ्गाको पुजा व्यवस्थापन गर्दै आएको छ ।
अहिले ८० जना आजिवन सदस्य भएका छन् । संघमा बिशेष सहयोग र भूमिका इन्जिनियर टोप बहादुर बस्नेतले गरेका छन् । उनले रेसुङ्गाको लागि एक लाख एक हजार र मृगौला पीडितको लागि ५० हजार सहयोग गरेका छन् ।