मालारानी ०१ का २० बर्षिय युवाले गरे आत्म ह’त्या
१२३६
नालीबेली न्युज डट कम । अर्घाखाँचीमा एक युवाले आत्महत्या गरेका छन् । जिल्लाको मालारानी गाउँपालिका–१ बसन्तपुरका २० वर्षीय सरोज भुसालले आत्महत्या गरेका हुन् । आइतबार बिहानै घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेको स्थानीय विनोद भुसालले जानकारी दिए ।
उनले छत्रदेव गाउँपालिका–८ स्थित सरस्वती माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएका थिए । घटना बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।