Advertisement
विज्ञापन

तेस्रो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा साझापुर मावि विजेता



Advertisement
विज्ञापन

विनोद अधिकारी

तेस्रो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा १४ स्वर्ण, ४ रजत, ४ कास्य सहित साझापुर माध्यामिक विद्यालय साझापुर बिजयी भएको भएको छ । गुञ्जनगरमा महानगर स्तरिय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शनिबार सम्पन्न भयो।


Advertisement
Advertisement
Advertisement

अठहत्तर वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा साझापुर माध्यामिक विद्यालय साझापुर बिजयी हुन सफल भयो । लगातार जानकी माविले सातौं पटक प्रथम स्थान हात पार्दै आइरहेकोमा यस पटक भने ८ स्वर्ण, ४ रजत, २ कास्य हात पार्दैे द्वितीय स्थानमा चित्त बुझाएको छ ।

प्रतियोगितामा प्रेमबस्ती मावि २ स्वर्ण, १ रजत र ४ कास्य पदक हासिल गर्दै तेस्रो स्थानमा पर्न सफल भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नु हुर्दै प्रमुख अतिथि एवम् महानगर प्रशाशकीय अधिकृत रामबन्धु सुवेदिले शिक्षासँगै विद्यार्थीलाई खेलकुद तथा प्रतियोगितात्मक कार्यक्रमहरु आवश्यक पर्ने बताउनु भयो ।

उहाँले विद्यार्थीको शारिरीक, बौद्धिक तथा शैक्षिक योग्यता बढाउन किताबी ज्ञान मात्र नभई बाहिरी ज्ञान समेत दिलाउनु पर्ने भन्दै खेलकुदले शारिरीक तन्दुरुती र राष्ट्रलाई नै चिनाउने बताउनु भयो । भरतपुर १८ का वडाध्यक्ष बाबुराम राना मगरको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल, विभिन्न विद्यालयका प्रधानध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अन्य खेलप्रेमी अतिथिहरुको उपस्थिति रहेको थियो ।

 

कोभिड–१९ कोरोना भाईरसका कारण विद्यालय बन्द हुँदा ३ वर्षदेखि भरतपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रोकिएको थियो । प्रतियोगितामा भलिबल, कबडी, एथ्लेटिक्स गरी ३ विधाका खेल भएका थिए । प्रतियोगितामा भरतपुरका सामुदायिक र निजी गरी ७८ वटा विद्यालयको सहभागिता रहेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad