Advertisement
विज्ञापन

जनज्योति माविका भौतिक विज्ञान शिक्षक नेपाल भौतिक विज्ञान समाज,लुम्बिनी प्रदेशको दोस्रो कार्यकालको लागि सर्वसम्मत



Advertisement
विज्ञापन

अर्घाखाँची । जिल्लाकाे सदरमुकाम सन्धिखर्कमा रहेकाे जनज्योति मा.वि का भौतिक विज्ञान शिक्षक सन्तोष कुमार केसी नेपाल भौतिक विज्ञान समाज,लुम्बिनी प्रदेश कार्य समितिमा दोस्रो कार्यकालको लागि सदस्य पदमा सर्वसम्मत चयन भएका छन्।

आज अनलाइन मार्फत भएको नेपाल भौतिक विज्ञान समाज लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन वाट के.सी दोस्रो कार्यकालको लागि सदस्य पदमा सर्वसम्मत चयन भएका हुन।


Advertisement
Advertisement
Advertisement

अधिवेशनले भौतिक शास्त्री प्रा.डा. अनन्त पन्थिको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ।

जसको उपाध्यक्षमामा डा.वेदराज केसी,सचिवमा लक्ष्मीनाथ भट्टराई, सह-सचिवमा चुडामणी रजौरे,कोषाध्यक्षमा शालिकराम भण्डारी र सदस्यहरूमा क्रमशः सन्तोष कुमार के सी ,अनिष चौधरी,धर्मबन्धु पौडेल,नरेश आचार्य,शान्ता शर्मा र शिशिर अधिकारी रहनु भएको छ।

अधिवेशन तथा साधारणसभाको उदघाटन समारोहमा नेपाल भौतिक विज्ञान समाजका केन्द्रीय अध्यक्ष प्रा.डा. निलम श्रेष्ठ को प्रमुख आतिथ्यता,नेपाल भौतिक विज्ञान समाज को निवर्तमान अध्यक्ष प्रा.डा.नारायण प्रसाद चापागाईं र वुटवल बहुमुखी क्याम्पस का क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपाने को विशिष्ट आतिथ्यता र नेपाल भौतिक विज्ञान समाजका निर्वतमान र वर्तमान सचिव क्रमश: डा.गोपि चन्द्र काफ्ले र डा.हरिशंकर मल्लिक को आतिथ्यता तथा लुम्बिनी प्रदेश भित्र रहेका भौतिक शास्त्रिहरुको उपस्थिति रहेको थियो।

उदघाटन समारोह नेपाल भौतिक विज्ञान समाज,लुम्बिनी प्रदेशका अध्यक्ष प्रा.डा. अनन्त पन्थि को सभापतित्व,उपाध्यक्ष डा.वेदराज केसी को स्वागत मन्तव्य र सचिव लक्ष्मीनाथ भट्टराईको संचालनमा समापन भएको थियो ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad