Advertisement
विज्ञापन

मालारानी गाउँपालिकाको १३ औ गाउँ सभामा सम्पन्न, ६२ करोड २३ लाख ५ हजार रकम बजेट प्रस्तुत



Advertisement
विज्ञापन

मालारानी मालारानी गाउँपालिकाले सर्ब सहमत पारित गरेको निती तथा कार्यक्रमलाई कार्यन्वयन गर्नको लागी पालिका उपाध्यक्ष दिपा पोख्रेलले ६२ करोड २३ लाख ५ हजार रकम बजेट १३ औ गाउँ सभामा प्रस्तुत गर्नु भएको छ ।

पालिकाले स्वास्थ्य ,शिक्षा ,कृषि , खानेपानी,पर्यटन, सामाजिक सुरक्षा भत्ता , ढुङ्गाका जिर्ण छाना हटाउने प्राथामिकता राखेर बजेट बिनियोजन गरेको छ ।


Advertisement
Advertisement

स्वास्थ्य ः
पालिका भित्र सुगर , प्रेसर र क्षारे दिर्घ रोगीहरुलाई निशुल्क औषधी ५० लाख बिनियोजन
वडाका स्वास्थ्य चौकिहरुमा डाक्टर सहित स्वास्थ्यकर्मीहरुको चेकजाँच आव्यसक रकम बिनियोजन
स्वास्थ्य स्वमसेबिकाहरुलाई सञ्चार खर्च बार्षिक ४ हजारका दरले
पूर्ण सरसफाई उन्मूख पालिका घोषणा गर्ने ३० लाख

शिक्षा ः
गरिब बिपन्न बिद्यार्थीलाई डाक्टर लगाएतका बिषयमा दिने छात्रबृत्तिलाई निरन्तरता
कृषि भेटनरी अध्यायन गरि व्यबसाय गरेकालाई मासिक प्रोत्साहन भत्ता
बिद्यालयलाई शिक्षण सिकाई अनुदान दिईने ६० लाख
करारमा शिक्षक राख्न प्रश्नबैकं स्थापना
बिद्यालयलाई प्रबिधि मैत्री बनाईने
बालबिकाश सहयोगी कार्यक्रता र कार्यालय सहयोगीको तलब बृद्धि

कृषि तर्फ ः
किसानहरुको उत्पादनलाई सहकारी मार्फत बजारीकरण गर्ने , स्थापना भएका कोल्ड स्टोरलाई सञ्चालनमा ल्याउने
कृषि र भेटनरी अध्यापन गरेकालाई व्यबासायी बनाउन मासिक ५ हजार रुपैया प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता
मालारानी कृषि तथा पशु उद्यमशिलता परियोजनालाई निरन्तरता

खानेपानी
खानेपानीमा ८० प्रतिशत महशुल भुक्तानी पालिकाले गर्नेएक घर एक धारा कार्यक्रम कार्यन्वयन गर्ने
पानिका उपाध्यक्ष एकल पुरुष तथा साहारा बिहिन नागरिकको लागी मासिक भत्ता
पालिका अध्यक्ष भलिबल प्रतियोगिता सञ्चालन गर्ने निति तथा कार्यक्रम सर्बसहमतले पारित भएको छ ।
मुहान संरक्षण गर्नको लागी रिचार्ज पोखरी निर्माण अभियान सञ्चालन गर्ने लगाएतका जनमुखि निती तथा कार्यक्रम पारित गरेको छ । जस्को लागी आव्यसक बजेट समेत बिनियोजन गरेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement