अर्घाखाँचीको डाँडाकटेरीमा श्रीमानद्वारा श्रीमतीको ह’त्या : हत्या पछि प्रहरी समक्ष आत्मसमर्पण

नालीबेली न्युज डटकम ।

मालारानी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मालारानी गाउँपालिका वडा नम्बर–२, डाँडाकटेरी निवासी कमल भुसालले आफ्नी श्रीमती २७ वर्षिय सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दिउँसोको समयमा भुसालले श्रीमतीलाई ललाईफकाई शाहीटोल जंगलमा घाँस काट्न लगेको र एक्लै भएको मौका छोपी गम्छाले घाँटी थिंचेर हत्या गरेका प्रहरीका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । श्रीमतीको हत्या गरी सेउलाले ढाकछोप गरेर उनी ईलाका प्रहरी कार्यालय खनमा आत्मसमर्पण गर्न पुगेका थिए ।

भुसाललाई पक्राउ गरिएको र हत्या कारण बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै