Advertisement
विज्ञापन

पर्यटक प्रवर्द्धनमा जाेड दिँदै बन्न लाग्याे छहरामा ट्रि हाउस



Advertisement
विज्ञापन

नालीबेली न्युज डटकम ।अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं . स्थित रहेको तिलकुवा झरना  (छहरा खोला) लाई आन्तरिक पर्यटन प्रवर्द्धन तथा पूर्वाधार निर्माणको लागि नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेश सदस्य माननीय निर्मला क्षेत्रीको विशेष पहलमा लुम्बिनी प्रदेश पर्यटन मन्त्रालय मार्फत आ.व. २०७९ / ०८० मा रु. ३०,००,०००।- तीस लाख स्वीकृत भएको छ ।

अनुगमनका क्रममा लिएका तस्बिर

सो रकम बाट  Tree House  बनाइने र थप पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ । गतवर्ष  २०७८/०७९  मा पनि रु. २०,००,०००।- बीस लाख विनियोजन भएको थियो । सो रकम बाट Swimming Pool को Foundation तयार, रेलिङ्ग सहितको सिढीं बाटो, Selfie Spot निर्माण लगायतका कार्यहरु भईरहेका छन ।


Advertisement
Advertisement
Advertisement

अनुगमनका क्रममा लिएका तस्बिर

प्राकृतिक मनोरम स्थल छहरा हेर्न, घुम्न, पौडी खेल्नहजारौ पर्यटकहरु यस झरनामा आउने गर्दछन् । पर्याप्त बजेट अभावको कारण उक्त स्थानमा भनेजति कामहरु हुनसकेका छैनन् । उक्त स्थानमा रहेको छहरा दुर्गादेवीको मन्दिर, पार्क, Winter Picnic Spot, Dating Spot लगाएतका थुपै पर्यटन प्रवर्द्धनका सम्भावनाहरु बाँकी रहेका छन् ।

अनुगमनका क्रममा लिएका तस्बिर

साथै सुबिधासम्पन्न मोटर बाटो समेत नभएकोले पर्यटन आगमनमा कठिनाई भएकोले सम्बन्धित सरोकारवाला सबैको ध्यान पुग्नु जरुरी छ । पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति पाण्डे ले उक्त स्थानमा योजनाको अनुगमनको क्रममा निरिक्षण गर्नुभयो र तिलकुवा झरनाको पूर्वाधार विकासमा आफूले सकेजति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad