Advertisement
विज्ञापन

जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानलनै  विजयी



Advertisement
विज्ञापन

गुल्मी– जिल्ला समन्वय समिति गुल्मीमा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानल नै विजयी भएको छ । २ नगरपालिका र  १० गाउँपालिका गरी कुल १२ स्थानीय तह रहेको गुल्मीमा गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका दोर्ण बहादुर खत्री र उपप्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र सलामी विजयी भएका छन् । कांग्रेसका खत्रीले १५ मत ल्याएर समन्वय प्रमुखमा विजयी भएका छन् ।
नेकपा एमालेतर्फका प्रमुख उम्मेदवार युवराज न्यौपानेले ९ मत ल्याएर पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रमुखमा विजयी खत्रीले एमालेका युवराज न्यौपानेलाई ६ मतले पछि पारेका हुन् । उपप्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र सलामी विजयी तेजेन्द्र सलामीले एमालेका उम्मेदवार रमादेवी पुनलाई ६ मतले नै जितेका छन् ।

त्यस्तै गठबन्धनबाट सदस्यहरूमा महेश्वर भण्डारी, शेर बहादुर विक, सुनिता जिसी कुवँर, शेर बहादुर कुँवर, सावित्रा भण्डारी, वीर बहादुर कार्की र निरमाया राना विजयी भएका छन् । सदस्य सबैले १५ मत प्राप्त गरेका छन् भने महेश्वर भण्डारीले १४ मत ल्याएका छन् ।


Advertisement
Advertisement
Advertisement

जसमध्ये कार्की र कुँवर माओवादी केन्द्र, भण्डारी समाजवादी एवम् राना जनमोर्चाको तर्फबाट प्रतिनिधित्व गर्नेछन् । अर्थात समन्वयमा गठबन्धनको तर्फबाट कांग्रेसले प्रमुख सहित चार, माओवादीले उप–प्रमुख सहित तीन र समाजवादी र जनमोर्चाका एक/एक सदस्य रहेका छन् ।
त्यस्तै एमालेबाट सदस्यहरूमा पिताम्बर अर्याल, कृष्ण प्रसाद भण्डारी, ज्ञान प्रसाद श्रेष्ठ, सागर नेपाली, ममता सुनार आत्रेय, कल्पना अधिकारी र विमला पन्थीले उम्मेदवारी दर्ता गराएका थिए । कुल २४ मत खसेको थियो ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad