Advertisement
विज्ञापन

नेपाली युवा उद्यमी मञ्चद्धारा व्यवसायीक अन्तरक्रिया



Advertisement
विज्ञापन

बुटवल, जेठ
नेपाली युवा उधमी मञ्च रुपन्देही च्याप्टरको आयोजनामा बुटवलमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल सरकारबाट हालै मात्र सार्वजनिकगरेको आर्थिक बर्ष २०७९–८० को बजेटको विषयमा व्यवसायीक अन्तरक्रिया बहस गरेको हो ।
बुटवलमा आयोजना गरेको कार्यक्रममा संमन्वयकर्ता सि.ए सम्याक बज्राचार्यले नेपाल सरकारले प्रस्तुत गरेको बजेट बिषयमा उधोगीहरुलाई पार्ने असर र चुनौती को बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले पछिल्लो समयमा बढ्दै गएको आर्थिक मन्दी निराकरण गर्नको लागि सरकारी निकायबाट नै ठोस पहल हुनुपर्ने भन्दै यसको लागि साझा पहल आवश्यक रहेको बताए ।
उद्योगी व्यवसायीहरु देशका लागि अधिकतम योगदान पु¥याउदै आएको भएपनि उनीहरुको जायज माग पुरा गर्नको लागि सरकारी निकाय बाट ठोस पहल नभएको दुखेसो समेत गरे ।
युवा उद्यमीहरुको विकास नै अहिलेको आवश्यकता रहेको भन्दै उनले युवा उद्यमशिलता विकासको लागि सबै तहका सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
नेपाली युवा उधमी मञ्च रुपन्देही च्याप्टरका अध्यक्ष निरज लाकौल ले बजेटको कारण उद्यमी क्षेत्रमा पर्ने असर वा संभावनाका विषयमा अन्तरक्रिया आयोजना गरिएको जानकारी दिए । उनले युवा उद्यमशिलताबाट नै देश समृद्धिको बाटोमा जाने भन्दै यसको लागि सरकारी निकायबाट विशेष ख्याल गर्नुपर्ने बताए ।
कार्यक्रममा ४५ जना युवा उद्यमी व्यवसायीहरुको सहभागीता रहेको कार्यक्रम सयोजक सुमित वझा ले जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad