गुल्मीमा एक्साभेटर दुर्घटना हुँदा चालकको मृत्यु

नालीबेली न्युज डट कम । गुल्मीमा एक्साभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।जिल्लाको छत्रकोट गाउँपालिका वडा नं २ रातापानी देखि लुम्छा तर्फ जाँदै गरेको लु १ क ४७७१ नं को एक्साभेटर भिरबाट खस्दा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

दुर्घटनामा परी चालक दाङ जिल्ला शान्तिनगर गा.पा-१ तिलकपुर बस्ने अन्दाजी ३३ वर्षीय यज्ञ वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिए ।
उक्त एक्साभेटर भिरबाट झण्डै पाँच सय मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान हुँदै गरेको प्रहरीको भनाई छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै