Advertisement
विज्ञापन

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न



Advertisement
विज्ञापन

दिपेन्द्र श्रेष्ठ.जेष्ठ २५ , छत्रदेव – छत्रदेव गाउँपालिकाको आयोजनामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम अन्तर्गत आज पहिलो दिन छत्रदेव गाउँपालिका वडा नम्बर १ को कार्यक्रम वडाको कार्यालय चिदिकामा सम्पन्न भएको छ ।

कार्यक्रममा वडाका नवनिर्वाचित वार्ड अध्यक्ष काजिबाबू ज्ञवालीले यस्ता प्रकारका कार्यक्रमले निकट भविष्यमा वडाबाट हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तासँग सम्बन्धित कामहरु गर्न आफुहरुलाई सहज हुने बताएका छन।


Advertisement
Advertisement
Advertisement

कार्यक्रममा छोटो मन्तब्य राख्दै नेकपा एमालेका छत्रदेव गाउँपालिका अध्यक्ष रामजी पान्डेले उक्त अभिमुखीकरण कार्यक्रमले वडा तथा पालिकाबाट प्रदान हुने सामाजिक सुरक्षा तथा ब्याक्तिगत घटना दर्ता का कामहरु कर्मचारी तथा जनप्रतिनिधिहरु अलमल पर्नु नपर्ने र छोटो समयमा सेवाग्राहिलाइ सहज ढंगले सेवा प्रदान गरिनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सामाजिक सुरक्षा सम्बन्धि बिषयमा सम्बन्धित रहेर पदाधिकारीको काम कर्तव्य, अधिकार तथा उपस्थित वडाका स्थानीयहरुको जन गुनासोहरुमाथि छलफल गर्दै तथा सामाजिक सुरक्षाको बिषयमा प्रशिक्षक कृष्ण प्रसाद श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

त्येस्तै ब्याक्तगत घटना दर्ता तथा पन्जिकरणको बिषयमा आधारित रही घटना दर्ता गर्दा चाहिने कागजात लगाएतका विषयमा रहेर उपस्थित जनप्रतिनिधि तथा कर्मचारीहरु संग प्रश्नोत्तर गर्दै श्रब्य द्रश्य मार्फत बिषयबस्तु माथि प्रकाश पार्दै सामाजिक सुरक्षा तथा पन्जिकरण इकाई शाखाकि एम आइ एम अपरेटर धनमाया श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

छत्रदेव गाउँपालिका वडा नम्बर १ वडाका नव निर्वाचित वडा अध्यक्ष काजि बाबु ज्ञवालीको अध्यक्षतामा सुरु भइ उहाँले कार्यक्रमको ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो।

अभिमुखीकरण कार्यक्रममा वडाका पुर्व जनप्रतिनिधिहरु ,नवनिर्वाचित जनप्रतिनिधि ,वडाका कर्मचारी,स्थानीय वडाका राजनीतिकर्मी ,समाजसेवी ब्याक्तित्व तथा स्थानीय लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो । अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम छत्रदेव गाउँपालिका का सबै वडामा लगातार संचालन गरिने बताइएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad