Advertisement
विज्ञापन

जनताले खोज्ने र विश्वास गर्नेगरी काम गरिरहेका छौं -मन्त्री थारु



Advertisement
विज्ञापन

गुल्मी – लुम्बीनी प्रदेशका सबै सरकारी अस्पताललाई जनताले खोज्ने र विश्वास गर्ने खालको बनाउने लुम्बीनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले बताएका छन् । सोमवार गुल्मी अस्पतालको अनुगन गर्न सदरमुकाम तम्घास आएका स्वास्थ्यमन्त्री थारुले सरकारी अस्पतालबाट जनतालाई गुणस्तरीय सेवा प्रवाह र स्वास्थ्य क्षेत्रको सुधार गरी जनताले खोज्ने र विश्वास गर्ने गरी लुम्बीनी सरकारले योजना बनाएको बताएका छन् ।


Advertisement
Advertisement
Advertisement

अनुगमनको क्रममा गुल्मी अस्पतालमा भौतिक पूर्वाधारको र जनशक्तिको अभाव रहेको उनले बताए । स्रोत र साधनको अभावका बिचपनि गुल्मी अस्पतालले क्षमता भन्दा बढी नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेको र यस्ता समस्या समधानका निम्ति प्रदेश सरकारले आवश्यक पहल गर्ने मन्त्री थारुले बताए । प्रदेशका नागरिक स्वास्थ्य सेवाको लागी प्रदेश बाहिर जान नपरोस् भन्ने उदेश्यले सबै जिल्लामा स्वास्थ्य सेवा विस्तार , गुणस्तरीय सेवा प्रवाह गर्न दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टर पठाएर स्वास्थ्य सेवा दिइने उनले बताए ।

लुम्बीनी प्रदेश स्वास्थ्य मन्त्री थारुले भने – ‘जनताको सेवा गर्ने बिषय लिएर डाक्टर पढेपनि दुर्गमगाउँ र जिल्लामा उनीहरु जान मान्दैनन् त्यसकारण हामीले स्वास्थ्यसेवा प्रवाह गर्न तीन महिना भएपनि आलोपालो विशेषज्ञ स्वास्थ्यकर्मीलाई दुर्गमठाउँमा पठाउने कार्यविधि बनाएका छौं । प्रदेश सरकारले बनाएको कार्यविधिमा टेकेर स्वास्थ्यकर्मीले जनताको सेवा गर्नेछन् भने आम नागरिकले स्वास्थ्य सेवाका लागि प्रदेश छोड्नु पर्ने छैन् ।’लुम्बीनी प्रदेश स्वास्थ्य मन्त्री इन्द्रजित थारुले निर्माणधिन ५० शैयाको गुल्मी अस्पताल भवनको समेत अनुगमन गरेका थिए ।

प्रेस सेन्टर गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य मन्त्री थारुले दैनिक नागरिकले स्वास्थ्यमा ख्याल नगर्दा दैनिक नसर्ने रोगको संक्रमण बढिरहेको हुदाँ खानपान र पद्धतिलाई सुधार गनुपर्ने बताएका छन् । गुल्मी अस्पतालमा देखिएका समस्यालाई समधान गरी छिट्टै विशेषज्ञ डाक्टरको व्यावस्थापन गर्नेमा आफु र सरकार सकारात्मक रहेको बताएका छन् ।

गुल्मी अस्पतालमा दैनिक विरामीको चाँप, बिशेषज्ञ डाक्टरको समस्याबारे स्वास्थ्यमन्त्री थारु समक्ष गुल्मी अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले राखेका थिए । अध्यक्ष पाण्डेले ५० शैयाको गुल्मी अस्पताल भवन निर्माणधिन हुदाँ पुरानो भवनबाट नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्न निकै परेको र अस्पतालका सबै समस्या समधानमामा प्रदेश सरकारबाट सहयोगको अपेक्षा राखेका थिए।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad