मन मिल्दा ‘लभ’, स्वार्थ पूरा नहुँदा बलात्कारको संज्ञा दिने काम भइरहेको छ : एमाले सांसद चौधरी

 

काठमाण्डाै – नेकपा एमालेकी सांसद गंगा चौधरी सतगौँवाले बलात्कारका मुद्दामा हदम्याद जायज भएको तर्क गर्नुभएको छ ।

बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारकाले संसदमा पेस गरेको विधेयकका विषयमा बोल्दै आज साेमवार सांसद चौधरीले हदम्याद हटाएमा मुद्दाको चाङ लाग्ने जिकिर गर्नुभयो । उहाँले मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृति बढेको बताउनुभयो ।

‘महिला हुँ भन्दैमा महिलाको भावनामात्र बुझ्ने होइन, पुरुषको भावना पनि बुझ्नुपर्छ । अस्ति भर्खरकै केस पल शाह र सुस्मिताको कुरा । जबसम्म मन मिल्यो लभको संज्ञा दिने, स्वार्थ पूरा भएन भने बलात्कारको संज्ञा दिने ।

हामीले यही सदनका पूर्वसभामुखको घटना पनि हेरेका थियौँ, स्वार्थ मिलुन्जेल कसैलाई पत्तो थिएन, स्वार्थ नमिलेपछि बलात्कारको संज्ञा दिएर ६/६ महिना जेलमा कोचियो’, चौधरीले भन्नुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै