तीर्थयात्री बोकेको बस दुर्घटना, २५ जनाको ज्यान गयो

काठमाडौ ।
भारतको उत्तराखण्डको उत्तराकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ । ३ जना गम्भीर घाइते भएका छन् ।

२८ तीर्थयात्री बोकेर मध्यप्रदेशको पाना जिल्लाबाट उत्तराखण्डको यमुनोत्री धाम जाँदै गरेको बस दुर्घटनामा परेको हो । बसमा चालक र सहचालकसहित ३० जना रहेका बीबीसी हिन्दीले जनाएको छ ।दुर्घटनामा गम्भीर भएकाको उत्तराखण्डको अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय प्राधानमन्त्री नरेन्द्र मोदीले दुर्घटना प्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाका परिवारलाई दुई लाख भारतीय रुपैयाँ र घाइतेहरुको उपचारका लागि ५० हजार भारतीय रुपैयाँ दिने बताएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै