Advertisement
विज्ञापन

रुपन्देहीको रोहिणी नदीमा पुलको बार भाँचेर तल खस्यो बस, ९ जनाको मृत्यु



Advertisement
विज्ञापन

जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस रूपन्देहीमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।आज बिहान करिब ४,३० बजेतिर रूपन्देहीको रोहिणी नदीमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

रोहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट रोहिणी नदीमा बस खसेको थियो।लु २ ख ३८४१ नम्बरको बसमा बसमा ३३ जना सवार रहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए।


Advertisement
Advertisement

घाइतेहरुको प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको छ। दुर्घटनामा २४ जना घाइते भएको प्रहरीले जनाएको छ।घाइतेको भैरहवास्थित भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

बस रोहिणी नदीमाथिको पुलको बार भाँचेर नदीमा खसेको थियो। चालक निदाएको कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।मृत्यु भएकामध्ये ८ पुरूष र एक महिला छिन्।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement