Advertisement
विज्ञापन

एकीकृत समाजवादीको बैठक : अपमानजनक व्यवहार भोग्नुपरेको आक्रोश



Advertisement
विज्ञापन

एकीकृत समाजवादीका नेताहरूले गठबन्धनमा आबद्ध अन्य दलले आफ्नो पार्टीलाई निर्वाचनका वेला अपमानजनक व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

सत्ता साझेदारीका साथै गठबन्धन गरे पनि अरू दलले आफ्नो दललाई मित्रवत् व्यवहार गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।


Advertisement
Advertisement
Advertisement

यसै कारण स्थानीय तहको निर्वाचनमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको समाजवादीको बुझाइ छ। त्यसैले उक्त दलले स्थानीय निर्वाचनको समीक्षा गर्न थालेको हो।

शनिबार बसेको पार्टी सचिवालय बैठकले स्थानीय निर्वाचनका लागि गम्भीर ढंगले समीक्षा गर्न सही सूचना आवश्यक रहेको निष्कर्ष निकाल्दै त्यसका लागि सबै प्रदेशमा १ र १ जना सचिवालयका सदस्यहरूलाई खटाएको छ।

५ दिनभित्र स्थानीय निर्वाचनको सम्पूर्ण सूचना संकलन गरिसक्ने गरी प्रदेश १ मा जयन्ती राई, मधेश प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा वेदुराम भुसाललाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।

बैठकमा गठबन्धनभित्र पनि स्थानीय निर्वाचनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको विषयमा गहन ढंगले छलफल गरिएको उनले बताए। उपमहासचिव तुलाधरले भने, ‘बैठक स्थानीय निर्वाचनको समग्र समीक्षा, गठबन्धनभित्र पार्टीहरूको भूमिका र आगामी दिनमा कस्तो कार्ययोजनाका साथ अघि बढ्ने भन्ने विषयमा घनीभूत छलफल भएको छ।’

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad