यस्तो अवस्थामा भेटियो तारा एयरको विमान

काठमाडौँ– आइतबार बिहानदेखि बेपत्ता तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालका अनुसार मुस्ताङको थासाङ-२ मा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको हो ।

हराएको विमान आज बिहानैबाट फेरि खोजी  सुरु गरिएको थियो । मौसम प्रतिकूलताका कारण आइतबार दिनभरको प्रयास असफल भएपछि खोजी कार्य स्थगित गरिएको थियो । सम्पर्कविहीन विमान आइतबार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरूले खोजीकार्य गरेका थिए ।

पोखराबाट जोमसोम जाने क्रममा तारा एअरको ९ एनएईटी ट्विनअटर आइतबार बिहान बेपत्ता भएको थियो। विमानमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु थिए ।

तस्बिर : नेपाली सेना

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै