समाजसेवी तथा युवा नेता काफ्ले वडा अध्क्षयमा बिजय

सन्दिप रेग्मी,
०८, पाल्पा ÷ पाल्पाको रम्भा गाँउपालीका वडा नं. १ हुगीको वडा अध्क्षयमा समाजसेवी तथा युवा नेता इश्वर काफ्ले बिजय भएका छन् ।

बैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा गठबन्धन तर्फको उम्मेद्धार रहेका नेपाली काङ्ग्रेसका युवा नेता इश्वर काफ्ले बिजय भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्धार मान बहादुर मश्राङ्गीलाई २२९ मत अन्तरले हराउदै काफ्ले बिजय भएका हुन् । त्यस्तै नेपाली काङग्रेसका तर्फबाट वडा सदस्य पदमा खेमानन्द अधिकारी डिल्लीराम अर्याल निर्बाचीत भएका छन् भने महिला सदस्य तथा दलित सदस्यमा नेकपा एमालेबाट निर्बाचीत भएका हुन् ।

रम्भा गाँउपालीकाका अन्य वडाको मतगणना जारी रहेको छ । १७ बर्ष प्रदेशमा रहेर संघार्ष गर्नुभएका काफ्ले आफ्नो कमाईको केही प्रतीशत रकमले विपन्न , असहाय, तथा दुखी पिढीतलाई सहयोग गर्दै आएका थिए ।

रम्भा बासीको मन मुटुमा बस्न सफल भएका काफ्लेले करीब ३ दशक पछी रम्भा रम्भा गाउपालीका वडा नं. १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गण भत्काउदै नेपाली काङग्रको चार तारे झण्डा फरफराउन् सफल भएका हुन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै