भारतमा पेट्रोल र डिजेलको मूल्य समायोजन

नयाँदिल्ली — भारत सरकारले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । पेट्रोल र डिजेलको मूल्यमा लगातार बढोत्तरीपछि आलोचना खेपिरहेको सरकारले इन्धनमाथि लगाइएको कर ९एक्साइज ड्यूटी० लाई कम गरेर मूल्य घटाएको हो ।

अब भारतमा पेट्रेल हालभन्दा प्रति लिटर ९ रुपैयाँ ५० पैसा र डिजेल ७ रुपैयाँले सस्तो भएको छ । वित्तमन्त्री निर्मला सीतारमणले पेट्रोलमा ८ र डिजेलमा ६ रुपैयाँ प्रति लिटर एक्साइज ड्यूटी घाटाउने निर्णय गरेको जानकारी सार्वजनिक गरेकी छन् ।

जसकारण आम उपभोक्तालाई राहत हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री उज्जवला योजना अन्तर्गत खाना पकाउने ग्यासमा पनि प्रति सिलिन्डिर २ सय रुपैयाँ छुट दिएर आम मानिसले खरीद गर्ने सिलिन्डरलाई सस्तो बनाइएको छ ।

२२ मार्चपछि भारतमा लगातार इन्धनको मूल्यवृद्धि हुँदै आएको थियो। भारतमा सबैभन्दा महँगो महाराष्ट्रमा प्रति लिटर पेट्रोलको मूल्य १ सय २३ रुपैयाँ ४६ पैसा पुगेको थियो । आन्ध्र प्रदेशमा प्रति लिटर डिजेलको मूल्य १०७ रुपैयाँ ६१ पैसा थियो । नयाँदिल्लीमा पेट्रोल मूल्य १ सय ५ रुपैयाँ ४१ पैसा र डिजेल ९६ रुपैयाँ ६७ पैसा छ । शनिबार मध्यरातिबाट उक्त मूल्यमा कमी आउनेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै