Advertisement
विज्ञापन

इस्माली जनताको शासक नभएर सेवक बन्छौ :अध्यक्ष खडका



Advertisement
विज्ञापन

अनिष पन्थी,गुल्मी ।नवनिर्वाचित गाउँपालिका अध्यक्ष भगत सिह खडकाले आफुहरु इम्साली जनताको शासक नभएर सेवक भइ काम गर्ने प्रतिबद्धता गरेका छन।

गठबन्धन दलले आयोजना गरेको प्रतिबद्धता सभामा बोल्दै अध्यक्ष खडकाले यस्तो बताएका हुन।


Advertisement
Advertisement

प्रजातन्त्रमा जनता सार्वभौम भएको उल्लेख गर्दै गएको पाँच बर्षमा इस्मामा भ्रष्टाचार भएको बताए।
कागती खेतीमा भएको भ्रष्टाचार लेन्थ वर्कर एमालेको घरमा काम गर्न राखेको र जनताको आवाज सुन्ने काम अघिल्लो इस्मा सरकारले नगरेको बताउदै अब आफुहरुले यसो हुन नदिने बताए।

इम्सालाई नमुना र सुन्दर गाउँपालिका निर्माण गर्न आफुहरु निरन्तर लाग्ने नवनिर्वाचित गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताइन।

इस्मालाई खुसी शुखी र समृद्ध इस्मा निर्माण गर्न आफुहरु कोहि कतै नचुक्ने बताइन।

बिजियी उमेदवारलाई बधाई ज्ञपन गर्दै   झुट्को खेती गर्दै आएका मान्छे अब सकिएको बताउदै झुटको खेती गर्नेलाइ खबरदारी गर्नु पर्ने नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र केसिले बताए ।एमालेको किल्ला टोढेर राम्रा उमेदवार पाएकोमा इम्सा बासिलाइ बधाई दिए।अध्यारोलाइ चिर्दै उज्यालो ल्याउदै इम्सामा बिकासको लहर ल्याउने बताए ।

प्रतिबद्धता नव निर्वाचित अध्यक्ष उपाध्यक्षको मात्र नभएर नेपाली कांग्रेसको प्रतिबद्धता भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले बताए।
इम्सा गाउँपालिकाको भबिस्य रहेको बताउदै नेपाली कांग्रेस गरिबको पाटी भएको उल्लेख गरे।
गरिब दलित र गाउँलाई हेरेर बिकासको योजना बनाउन आग्रह गरे । आज बाट ५ बर्षको लागि कम्युनिस्ट गुल्मीमा मात्र नभइ देशभर हराएको बताए ।

अहिले नेपाली कांग्रेसमा २० ४६ सालको जस्तै ०४८  सालको झै वातावरण भएको रेसुङ्गा नगरपालिकाका नवनियुक्त नगरप्रमुख खिलध्वज पन्थीले बताए ।इस्मामा बिकास र नया गति आउने  र इस्मा बासिले अनुभव गर्न पाउने बताउदै अहिलेको मत यहाको सुसासन को लागि र भष्टचार  विरुद्धको भएको बताए ।कांग्रेसनै भएको कारण विभिन्न अवसर बाट बन्जित हुने दिन गएको बताउदै मतदान गरेर जिताउने सबैलाई धन्यवाद दिए।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement