Advertisement
विज्ञापन

रुरुक्षेत्रमा गठबन्धनका नेताहरुको एउटै बोली: जित्नुको विकल्प छैन



Advertisement
विज्ञापन

गुल्मी। गठबन्धनका तर्फबाट अध्यक्षको उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका युवा नेता यदु ज्ञवालीले अहिले रुरुक्षेत्रमा गठबन्धन दल अन्य राजनितिक दलभन्दा बलियो रहेको र आफुले विगतमा सत्ता बाहिर रहेर पनि यस् क्षेत्रमा खानेपानी, सडक, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरेको कामका आधारमा जनमत पनि आफ्नो पक्षमा बढि रहेको भन्दै उनले रुरुक्षेत्रमा गठबन्धनले बाजि मार्ने दावी गरेका छन् ।

मुलुकको आवश्यकताका आधारमा गठबन्धन बनेको भन्दै ज्ञवालीले रुरुक्षेत्रमा पनि गठबन्धन दलहरु एकजुट रहेको धारणा राखेका छन् । उनले गठबन्धनलाई कसैले भत्काउन नसक्ने भन्दै विपक्षीको षड्यन्त्रलाई चिरेर अघि बढ्न गठबन्धन दलका नेता कार्यकर्तालाई आब्ह्वान समेत गरेका छन् । ज्ञवालीले रुरुक्षेत्रमा मात्रै नभएर सिंगो गठबन्धन दल एकजुट हुनुपर्ने अहिलेको आवश्यकता रहेकाले झिनामसिना कुरामा अल्झिने समय नभएको बताए ।


Advertisement
Advertisement
Advertisement

विगतमा गाउँपालिकामा अघिल्लो नेतृत्वले वितरणमुखि योजना सञ्चालन गरेको भन्दै उनले आफु निर्वाचित भएपछि भ्रष्टाचार मुक्त समाज बनाउने प्रतिवद्धता व्यक्त गरे । रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षका उम्मेदवार ज्ञवालीले निर्वाचित भएमा रुरुक्षेत्रको समृद्धिको लागि आवधिक योजना बनाएर अघि बढ्ने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि लगायतको पुर्वाधारका क्षेत्रमा विज्ञको सल्लाह बमोजिम विकास र परिवर्तन गरिने बताए । रुरुक्षेत्र गाउँपालिकामा शिक्षा, सडक विस्तार र सुधारमा ध्यान दिने, प्रत्येक महिना वडा,वडामा स्वास्थ्य परीक्षण गर्ने, कृषि उत्पादन बढाउनलाई सिंचाइको सुविधा दिने तथा उत्पादनको बजारीकरण गर्ने, खानेपानी प्रत्येक घरमा पु¥याउनुका साथै पालिका विकासका लागि आएको बजेट आम जनता सन्तुष्टि हुने गरी खर्च गर्ने, कुनै आग्रह पुर्वाग्रहको राजनीति नगर्ने, जनगुनासो सुनेर अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे।

 

त्यस्तै नेपाली कांग्रेस रुरुक्षेत्र गाउँपालिका गुल्मीका सभापति देविन्द्र मल्लले रुरुक्षेत्रमा गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताएका छन् ।रुरुक्षेत्रका पुराना एवं पाका नेताको रुपमा समेत रहेका मल्लले यस्तो बताएका हुन् । उनले पालिकामा अघिल्लो नेतृत्वले गरेको बेतिथि अन्त्य गरी जनचाहना अनुसार काम गर्न गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प नभएको बताए । रुरुक्षेत्रको सामाजिक रुपान्तरण र विकास निर्माणका सबै पक्षलाई समेट्न गठबन्धन आजको आवश्यकता भएको उनको भनाई छ,रुरुक्षेत्रमा गठबन्धन दलबाट उम्मेदवारी दिएका सबैको जित सुनिश्चित रहेको दावी समेत उनले गरे । रुरुक्षेत्रमा गठबन्धनका सबै नेता एवं कार्यकर्ता विच बलियो संबन्ध स्थापित भएको र कुनै पनि शक्तिले त्यसलाई परास्त पार्न नसक्ने उनको दाबी छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad