Advertisement
विज्ञापन

समाचारको खण्डन : बडागाउँ सेवा समाज जापानबाट शोभालाई आर्थिक सहयोग



Advertisement
विज्ञापन

गुल्मी वैशाख, २० । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–३ निवासी २० वर्षकी शोभालाई केहि दिन अघि गरिएको आर्थिक सहयोगमा एमाले कार्यकर्ताले बाडेको भन्ने हल्ला प्रति खण्डन प्रकाशन गरिएको छ । लामो समय देखी बिरामी भएर थला परेकी मुसिकोटकी शोभालाई उपचारको लागि आर्थिक सहयोग गरिएको थियो ।

बिरामी शोभालाई बडागाउँ सेवा समाज जापानबाट आएको २९ हजार आठ सय रुपैयाँ आर्थिक सहयोग गरिएको हो । तर यो विषयलाई लिएर आम नागरिकमा एमाले कार्यकर्ताबाट बाडिएको भन्ने बारेमा गम्भीर ध्यानकषर्ण भएको छ ।


Advertisement
Advertisement
Advertisement

वडागाउँ सेवा समाज गुल्मीका अध्यक्ष दिपक बरालको नेतृत्वमा आएको रकम नेकपा एमाले वडा कमिटि अध्यक्ष मधु मल्ल र वडा सदस्य शंकर रायमाझीद्धारा हस्तान्तरण गरिएका थियो । बडागाउँ सेवा समाज जापानबाट आएको समाजका समाजसेवीको हातबाट वितरण गर्ने उदेश्यले रकम बितरण गरिएपनि यो रकम कुनै पार्टी बिषेशको नभएको कुरा यसै समाचारबाट जानकारी गराउदछौं ।

उक्त रकम बडागाउँ सेवा समाज जापानबाट आएकाले भ्रममा नपर्नु हुन यो समाचार खण्डन स्वरुप छापिएको हो । सोहि कार्यक्रममा त्यस्तै भारतबाट लक्ष्मण सुनार र मनोहर विश्वकर्माको नेतृत्वमा आएको २८ हजार रकम पनि एक कार्यक्रमका विच हस्तातरण गरिएको थियो ।

सुनारको उपचारको लागि भारतमा रोजगार गर्ने नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् । जसमा जितु सुनार, पदम सुनार, बावुराम सुनार ,मिठु सुनार, मनोज वि।क, शंकर सुनार, विष्णु सुनार, प्रेम सुनार, जुठे सुनार, सन्तोष सुनार, मिरिन्डा वि,क, राजु सुनार, सरिता नेपाली, रमेश वि,क, धन बहादुर सुनार, लक्ष्मण वि,क, मिन बहादुर सुनार, इन्दिरा सुनार, निर्मल वि,क, सपना वि,क, फुलमति वि,क, शान्ति वि,क, रामे वि,क, यम नेपाली,, कृष्ण सुनार फुलमती सुनार, सेना वि,क, जुठे वि,क, सुनिता वि,क, मनु वि,क, विष्णु वि,क, बाट आर्थिक सहयोग गरिएको हो ।

उपचारका लागि बिभिन्न मिडियाबाट आफ्नो ज्यान जोगाईदिन सबैसंग सहयोगको अपिल गरे पछि उनको उपचारको लागि सहयोग गरिएको हो । आर्थिक अभावमा उनको उपचार गर्न समस्या आएपछि परिवारले आफन्तीहरु लगायत सम्पूर्णमा सक्दो सहयोगको अपिल गरेका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad