छत्रदेव गाँउपालिका ७ का अध्यक्ष पदका उम्मेदवार पाण्डेको चर्चा
नालीबेली न्युज डट कम । अर्घाखाँची जिल्ला छत्रदेव गाँउपालिका वडा नम्बर ७ मा नेपाली काङ्ग्रेस पार्टी ले आसन्न वैशाख ३० को स्थानीय निर्वाचन को लागि नारायण प्रसाद पाण्डेकाे उम्मेदवार संगै चारै तिर चर्चा छ ।
पाण्डेको नेतृत्वमा पाँच सदस्यीय उम्मेदवार टुङ्गो लागेपछी पाण्डे लगायत सम्पुर्ण सदस्य टिम र सबै काङ्ग्रेस हरु जनताको समस्या बुझ्दै प्रत्यक्ष भेटघाट सहित घर्दैलो कार्यक्रममा अग्रसर भएका छन्।
सदस्य उमेदवारहरुमा खुल्ला सदस्य तर्फ धर्मराज पाण्डे र रामलाल पाण्डे महिला तर्फ सान्ता पाण्डे क्षेत्री, दलित महिलामा सकुन्तला बि,क सहमतिबाट निर्णय भएको छ ।
पाण्डे लामो समय सम्म शिक्षण पेशामा आवद्ध रहि समाजसेवी भएकाले मतदाता पनी उत्साहित छन् । पहिलेदेखि समाज सेवामा हाेमिएका पाण्डे निरन्तर खटियर जन्ताले प्रत्येक्ष महशुस गर्ने शेवा गरिरहन्थे ।
पाण्डे ले छत्रदेव–७ लाई नजिक बाट निहालेका छन् उनि छत्रदेवका ७ का प्राय घरहरुमा पुगेका र ठाँउ ठाँउको समस्या सम्म थाहा पाएका छन् त्यसैले उनि आउनुनै हाम्रो समस्याको समाधान हुनु हो भन्ने मतदाता बताउछन् ।
यति बेला पाण्डेको टिमलाई छत्रदेवमा जिताउन कार्यकर्ता लागि परेका छन् पाण्डे लोकप्रिय ब्यक्ती हुन कसैलाई समस्या परेको बेला सहयोग गर्नु पर्छ भन्ने सोच बोकेका पाण्डेले धेरै ठाँउमा सहयोग गरेका छन् ।
बिभिन्न संग संस्थामा आबद्ध रहि पार्दशी तरीकाले सबैको लोकप्रिय बनेका पाण्डेले मेरो अबाकस जिवन जन्ताको सेवा र सहयोगमा लाग्ने सोचका साथ राजनितिमा हाेमिएकाे उनको भनाइ छ ।