Advertisement
विज्ञापन

गुल्मीमा होटल तोडफोड गरी ६० हजार चोरी गर्ने मालारानीका दुईजना पक्राउ



Advertisement
विज्ञापन

गुल्मी। तीन साताअघि एक होटलबाट नगद ६० हजार चोरी गरी फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। गुल्मी जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक माधवका अनुसार चोरी गरेको आरोपमा अर्घाखाँचीको मालारानी–२ का १९ वर्षीय सागर परियार र मिलन कुँवर पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले अर्घाखाँचीको डाँडाखर्कबाट पक्राउ गरेको हो।

उनीहरूले गत चैत २१ गते जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर १ साकिनेस्थित यमबहादुर सुनारको सिद्धबाबा होटलबाट राति करिब १० बजे ढोका तोडफोड गरी नगद ६० हजार चोरी गरेका थिए।


Advertisement
Advertisement

उनीहरूमाथि चोरी मुद्दामा थप अनुसन्धान जारी रहेको खरेलले बताए।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement