अखिल (क्रान्तिकारी) गुल्मी द्वारा भित्तोपात्रो सार्वजनिकीकरण!

बैशाख- १४ गुल्मी
नेपाल कम्युनिस्ट पाटी निकट अखिल (क्रान्तिकारी) गुल्मीले २०७९ सालको भितेपात्रो सार्वजनिकीकरण गरेको छ ।बुधबार सदरमुकाम तम्घासमा जिल्ला सेक्रेटरी खोमा तरामु मगर (सुमन) , जिल्ला सदस्य वसन्त गैरे (भीषण ),अखिल क्रान्तिकारीका जिल्ला संयोजक राज खडकाले संयुक्त रुपमा भित्तेपात्रो सार्वजनिकीकरण गरेका हुन ।

भित्तेपात्रो विमोचन  कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका जिल्ला सेक्रेटरी सुमनले अखिल (क्रान्तिकारी) विद्यार्थी सदैब एक कदम अगाडि हुनु पर्ने बताए । अनुशासित ,लगनशील हुँदै अखिल (क्रान्तिकारीले) भ्रष्ट दलाल तथा शैक्षिक माफियालाई तह लगाउनु पर्नेमा जोड दिए । त्यस्तै स्थानीय तहको निर्वाचनमा पाटिको नीति बारेमा पाटीका नेता ,विद्यार्थी तथा जनपत्रकारलाई जानकारी समेत उनले गराए ।

यो पटकको स्थानीय तहको चुनाव पाटिले उपयोग र बहिस्कार नगरी प्रयोग गरेको बताए । बाहिर आएको हल्लाको पछि नलाग्न कार्यकर्तालाई निर्देशन दिदै उनले शब्द चयनमा बुझ्न र आम जनतालाई बुझाउन आग्रह समेत गरे ।

त्यस्तै कार्यक्रममा श्रम मुक्ति मोर्चाका केन्द्रिय सदस्य वसन्त गैरेले अखिल (क्रान्तिकारी) गुल्मीले नयाँ र नौला कार्यको सुरुवात गरेको बताउदै विद्यार्थीको खुलेर चर्चा गरे ।
कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्ठनका जिल्ला सह -सचिब प्रदिप राहदी मगर,जनपत्रकार सङठन गुल्मीका अध्यक्ष डिबि खड्का , पुराना बामपंथी नेता डिबि मगर लगायतले मनव्य राखेका थिए ।

कार्यक्रम अखिल क्रान्तिकारी गुल्मीका संयोजक राज खड्काको अध्यक्षता तथा जिल्ला सदस्य शिभ भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै