
गोकर्ण पाण्डे गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर–१२ मा केशव राज पौडेल सर्वसम्मत अध्यक्षमा मनोनयन दर्ता गरेका छन्।एमालेकाे तर्फबाट पौडेल सर्वसम्मत वडाध्यक्षको उमेदवार बनेका हुन् । रेसुङ्गा नगरपालिका वडानम्बर–१२ मा समाजसेवा गरिरहेका छन् । आफू व्यक्तिगत तथा पारिवारिक स्वार्थ भन्दा माथि उठेर निरन्तर सामाजिक क्षेत्रमा काम गरिरहेको बताए ।
वडाका नागरिकहरु बिरामी हुँदा, विद्यालयमा समस्या पर्दा, सामुदायिक बनमा काम गर्नुपर्दा, नागरिकमा आउने बिपद् का कुराहरुमा, सामाजिक संघसंस्था तथा अन्य सबै प्रकारका सामाजिक क्षेत्रहरुमा आफू निरन्तर क्रियाशिल रहेका कारण आफु रेसुङ्गा नगरपालिका वडानम्बर–१२ को वडाध्यक्षमा बहुमतका साथ बिजयी हुनेमा ढुक्क रहेको बताए ।
पौडेलले आफू बिजयी भएपछि तल्लो तहका नागरिकको घरघरमा चुल्हो बाल्ने आफ्नो प्राथमिकता रहेको बताए ।