Advertisement
विज्ञापन

इस्मा गाउँपालिकामा उत्साहजनक उपस्थितिका बिच नेपाली कांग्रेसका उमेदवारहरुको मनोनयन दर्ता



Advertisement
विज्ञापन

गोकर्ण पाण्डे,गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा उत्साहजनक उपस्थितिका बिच नेपाली कांग्रेसका उमेदवारहरुको मनोनयन दर्ता भएको छ । साेमबार गाउँपालिकाको केन्द्र इस्मा रजस्थलमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा निकै उत्साहजनक उपस्थितिका बीच उमेदवारहरुको मनोनयन दर्ता भएको हो ।

गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अध्यक्ष भगत खड्काले उत्साहजनक जनसहभागिताका कारण आफुहरुमा निरन्तर हौसला बढेको बताउनु भयाे।उम्मेदवारी दर्ता गर्दै नेता खड्काले आफ्नो उम्मेदवारी बिकास र समृद्धिको लागि भएको बताउनुभयो । खड्का विद्यार्थी जिवनदेखि नै निरन्तर नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील छन्।


Advertisement
Advertisement
Advertisement

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेस कै तर्फबाट पार्वता कुँवरले उम्मेदवारकाे मनोनयन दर्ता गर्नु भएको छ। कुँवरले दर्ता गर्दै नागरिक लाई स्थानिय सरकारकाे अनुभुति दिलाउने प्रतिब्दता दिनु भयाे। स्थानिय सरकारले प्रदान गर्ने सेवाहरु छिटो छरिताे निष्पक्ष बनाई जनताकाे घरदैलो डेलिभरि गरिने कुँवरले बताउनु भयाे। इस्मा सरकारले सञ्चालन गरेका बहु वार्षियाे याेजनाहरु सञ्चालन गरिने बताइन्।
आजकाे उत्साहजनक जनसहभागिता देखेर कुँवरले जित सुनिश्चित भएको बताउनु भयाे।
त्यस्तै वडा नम्बर १ मा शेर बहादुर कुँवर, वडा २ मा लाेक नाथ आचार्य, वडा ३ मा केशव कुँवर वडा ४ मा कृष्ण अर्याल वडा ५ मा झबिन्द्र अर्याल वडा ६ मा ढाल बहादुर कुवँर सहित सबै वडाका सदस्यहरु ले मनाेनयन दर्ता गरेका छन्।
२०७४ सालकाे स्थानीय तहकाे निर्वाचन मा यहाँ अध्यक्ष र उपाध्यक्ष सहित पाँच वडा वडामा नेकपा एमालेले जितेकाे थियाे ।एक वडा नेपाली कांग्रेस जित्न सफल भएको थियाे।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad