Advertisement
विज्ञापन

सत्य साई केन्द्र  गुल्मीद्वारा विनाशकारी भुकम्पकाे सम्झनामा बिशेष प्रार्थना सभा



Advertisement
विज्ञापन

गुल्मी, १२ बैशाख / गुल्मीमा विनाशकारी भुकम्पकाे सम्झनामा बिशेष प्रार्थना सभा गरिएको छ । जिल्लाकाे सदरमुकाम तम्घासमा रहेको सत्य साई केन्द्र तम्घास गुल्मीको आयोजनामा विनाशकारी भुकम्पकाे सम्झना गरिएको हो ।

मृतक प्रति श्रद्धाञ्जली, घाइतेप्रति समवेदना र आगामी दिनमा त्यस्तो प्रकारको बिपत्तिकाे सामाना गर्न नपराेस् भनेर दिप प्रज्वलन तथा सार्वजनिक भजनसहित बिशेष प्रार्थना सभा गरिएको सत्य साई केन्द्र तम्घास गुल्मीका युवा उपसंयाेजक आशिष पन्थीले जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement

नेपालमा त्यस्ता प्रकारका बिपत्ति अबको दिनदेखि झेल्न नपराेस् भनेर त्यस दिनको सम्झना गरेको आत्याध्मिक संयाेजक सन्तोष न्यापानेले जानकारी दिए । आज भन्दा ७ बर्ष अगाडि आजकै दिन बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पका कारणले ठुलो नाेक्सानी बेहोर्नुपरेकाेले त्यस दिनलाई प्रार्थना गरेर सम्झना गरेको सत्य साई केन्द्र तम्घास गुल्मीका अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad