Advertisement
विज्ञापन

गुल्मीको रेसुङ्गामा उत्साहपूर्ण उपस्थितिमा काँग्रेसका उमेदवारको मनोनयन दर्ता



Advertisement
विज्ञापन

गुल्मी, १२ बैशाख, गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसले निकै उत्साहजनक उपस्थितिमा आफ्ना उमेदवारहरुको मनोनयन दर्ता गराएको छ । यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निकै उत्साहजनक उपस्थितिमा नेपाली काँग्रेसले आफ्ना उमेदवारहरुको मनोनयन दर्ता गराएको हो ।

नेपाली काँग्रेसबाट नगरपालिका प्रमुखमा काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीको मनोनयन दर्ता भएको छ । तल्लो तहका जनताको प्रत्यक्ष जीविकोपार्जनसँग जोडिएर काम गर्ने नेता खिलध्वज पन्थीको मनोनयन दर्ताले काँग्रेस मात्र नभई सिङ्गो नगरपालिकाबासीमा खुसीयाली छाएको छ ।


Advertisement
Advertisement
Advertisement

नगरप्रमुखमा आफ्नो मनोनयन दर्ता भएपछि काँग्रेस नेता पन्थीले आम विपन्न गरिब तथा तल्लो तहका नागरिकको जिवनमा खास परिवर्तन आउने गरेर काम गर्ने बताए । मनोनयन दर्ता पछि पत्रकारहरुसँग कुरा गर्दै नगरपालिका प्रमुखका उमेदवार काँग्रेस नेता पन्थीले आफु पनि तल्लो तहबाट राजनीतिक जिवनमा सक्रिय भएकोले आफ्नो पहिलो प्राथामिकता गरिबीमा हुने बताए । उनले नगरपालिकामा आफु र आफ्नो समूह अत्याधिक मतले बिजयी हुने पनि दाबी गरे ।

उमेरले ४६ वर्षीय पन्थी केही समय अघि सकिएको नेपाली काँग्रेस गुल्मीको ८ औं जिल्ला अधिवेशनबाट अत्याधिक बहुमतका साथ सभापतिमा निर्वाचित भएका थिए । विकासप्रेमी नेताका रुपमा परिचत पन्थीले प्रत्यक्ष जनताको जनजीविकोसँग जोडिएर काम गर्ने भएकोले पनि आफु मेयरमा बहुमतका साथ बिजयी हुने दाबी गरेका हुन् ।

काँग्रेसबाट नगरपालिकाको उपप्रमुखमा काँग्रेस नेतृ अमुतादेवी कुँवरको मनोनयन दर्ता भएको छ । त्यस्तै नेपाली काँग्रेसबाट नगरपालिकाका १४ वटै वडामा वडाअध्यक्ष सहितको उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । रेसुङ्गा नगरपालिका वडा नम्बर १ बाट रामप्रसाद पन्थी, वडा नम्बर २ बाट हिरा बहादुर थापा, वडा नम्बर ३ बाट बाबुराम खत्री, वडा नम्बर ४ बाट लिलाधर आचार्य, वडा नम्बर ५ बाट दुर्गाप्रसाद खनाल, वडा नम्बर ६ बाट केशब मरासिनी, वडा नम्बर ७ बाट रामप्रसाद पन्थी (राम्जी), वडा नम्बर ८ बाट प्रकाश भलामी, वडा नम्बर ९ बाट कृष्णप्रसाद पाण्डे, वडा नम्बर १० बाट रामबहादुर बस्नेत, वडा नम्बर ११ बाट गुणाखर पाण्डे, वडा नम्बर १२ बाट चेहरसिङ टण्डन क्षेत्री, वडा नम्बर १३ बाट हुम बहादुर बस्नेत र वडा नम्बर १४ बाट धनबहादुर पुनले मनोनयन दर्ता गराएका हुन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad