Advertisement
विज्ञापन

कालीगण्डकीको अध्यक्षमा दोस्रो कार्यकालका लागि बेद थापाको उमेदवारी



Advertisement
विज्ञापन

गुल्मी, १२ बैशाख
कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका बेद बहादुर थापा उमेदवार बनेका छन् । हाल गाउँपालिकाका अध्यक्ष समेत रहेका थापा सत्तारुढ गठबन्धनका तर्फबाट सर्वसम्मत गाउँपालिकाको अध्यक्षका लागि उमेदवार बनेका हुन् ।

थापामगर विद्यार्थी जिवनदेखि नै निरन्तर नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील छन्् । उनले गाउँपालिका अध्यक्षको रुपमा कालीगण्डकी गाउँपालिकामा निकै उल्लेखनीय काम गर्दै आएका छन् । कालीगण्डकी गाउँपालिकाका स्थानीयले बेद बहादुर थापामगरलाई कालीगण्डकीको विकासको धरोहर भनेर चिन्ने गर्दछन् । यसअघिको स्थानीय तहको निर्वाचनमा थापा धेरै मतअन्तरले गाउँपालिकाको अध्यक्षमा बिजयी भएका थिए ।


Advertisement
Advertisement
Advertisement

गाउँपालिकाको अध्यक्षको उमेदवार बनेका थापाले आफु अहिले पनि अत्याधिक मतले गाउँपालिकाको अध्यक्षमा बिजयी हुने दाबी गरे । ५ वर्षको कार्यकालमा निरन्तर जनताको सेवामा आफु खटिएका कारणले गर्दा अहिले पनि अत्याधिक मतले आफु बिजयी हुने थापाको दााी छ ।

थापाले गाउँपालिकामा अधुरा र अपुरा सबै काम आफैले पूरा गर्न फेरि पनि गाउँपालिकाको अध्यक्षमा उमेदवार बनेको बताए । ५ वर्षको अनुभवले अब आफुले जनताको जीविकोपार्जनसँग जोडिने कार्य गर्न सक्ने थापाको दाबी छ । उनी नेपाली काँग्रेसमा पनि लोकप्रिउ नेताका रुपमा चिनिन्छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad