Advertisement
विज्ञापन

गुल्मीदरबारको अध्यक्षमा काँग्रेसबाट सरोज कुमार थापा



Advertisement
विज्ञापन

गुल्मी, १२ बैशाख
गुल्मीको गुल्मीदरबार गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट सरोज कुमार थापा अध्यक्षको लागि सर्वसम्मत उमेदवार बनेका छन् । नेपाली काँग्रेसको राजनीतिमा निरन्तर क्रियाशील रहेका थापा गाउँपालिकाको अध्यक्षका लागि सर्वसम्मत उमेदवार बनेका हुन् ।

गाउँपालिकाको अध्यक्षका लागि नेपाली काँग्रेसबाट सर्वसम्मत उमेदवार बनेका थापाले गुल्मीदरबार गाउँपालिकाको समृद्धिका लागि आफ्नो उमेदवारी रहेकोले अत्याधिक मतले जित्ने दाबी गरेका छन् । गाउँपालिकामा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथामिकता दिएर आफु निरन्तर खटिने भएकोले गुल्मीदरबारका स्थानीयले आफुलाई रोज्नुपर्ने थापाको भनाई छ । गाउँपालिकामा यसअघि भएका कामलाई ध्यानमा राखेर अधुरा र अपुरा सबै काम आफ्नो जिम्मेवारीमा गर्ने गाउँपालिकाको अध्यक्ष पदका उमेदवार सरोज कुमार थापाले बताए ।


Advertisement
Advertisement
Advertisement

वि.सं.२०४० सालमा नेपाल बिद्यार्थीसंघ बाट राजनीति सुरु गरेका थापाले २०४६ सालमा शिक्षक पेशामा आबद्ध भई शिक्षकका एजेण्डा बोकेर आन्दोलनमा लागेका थिए । वि.सं. २०४८ सालमा नेपाल विद्यार्थी संघ गुल्मीको जिल्ला कार्यसमिति सदस्य भएका थिए । थापा वि.सं. २०५२ सालमा गुल्मीको तत्कालिन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति समेत भएका थिए । उनी पछिल्लो समय नेपाली काँग्रेसको राजनीतिमा निरन्तर क्रियाशील रहेका छन् । थापा गुल्मीदरबार गाउँपालिकामा यसअघि नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष स्वर्गीय अशोक कुमार थापाका छोरा हुन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad