जन्म दिनको अवसरमा विमा पोलीसी खरिद
गुल्मी । धुर्कोट गा पा ७ वाग्ला निवासी सागर पन्थीले आफ्नो जन्म दिनको अवसरमा सुर्या लाईफ इस्योरेन्स क लि गुल्मी शाखा बाट ५ लाखको सुर्या सु संरक्षीत सावधिक जिवन बिमा योजनाको पोलिसी खरिद गरेका छन् ।
अहिलेको समयमा मानिसहरुले आफ्नो जन्म दिनको अवसरमा विभिन्न फजुल खर्च गर्ने गरेको र त्यो खर्च उपलब्धी बिहिन रहेकोले आफुले नयाँ रचनात्मक काम गर्न खोजेकोले उपयुक्त बिकल्प नै बिमा लाई रोजेको पन्थीले जानकारी दिनुभयो ।
बिमा वास्तममै मानिसको जिवनको सुरक्षा सङ्ग जोडिएको विषय भएकोले हरेक मानिस आर्थिक रुपमा आफु सक्दो सुरक्षीत हुनुपर्ने सुर्या लाईफ इस्योरेन्स क ली गुल्मी शाखा प्रमुख अर्जुन पोखरेलले भन्नु भयो ।
मानिसले भोली के हुन्छ जान्न सक्दैन तर भोलीको बारेमा सोच्न पक्कै कक्छ । बिमा आफैमा महत्वपूृर्ण छ तर यसको चेतना आम जनमानसमा नभएकोमा चिन्ता व्यक्त गर्दै प्रमुख पोखरेलले सरकारेले जीवन बिमा लाई एक व्याक्ती एक पोलीसीको अवधारणा ल्याउनु पर्ने धारणा व्यक्त गर्नु भयो ।
मानिसको बचत संगै सुरक्षाको प्रत्याभुत गर्ने बिमा मानिसले चाहेको बेला खरिद गर्न पाउँछ तर जव मानिसलाई बिमाको आवश्यकता हुन्छ त्यो बखत खरिद गर्न नपाउन पनि सक्छ ? घटना, दुर्घटना, दैवी प्रकोप पुर्व सुचित हुदैन ? बिमाले भौतिक शरिर फिर्ता त गर्दैन तर आर्थिक सुरक्षा अवश्य दिन्छ । त्यसैले हरेक मानिस बिमामा जोडिनु आवश्यक छ ।
विमित पन्थील २० बर्षे बिमा योजना खरिद गर्दा बार्षिक २५१८५ बिमा शुल्क बुझाउनु पर्नेछ । हाल बुटवलमा अध्ययनको शिलशिलामा बन्ने सागर पन्थीको यो उदेश्यबाट आम विद्यार्थीले पाठ सिक्नु पर्ने देखिन्छ । पन्थी ने वि संग गुल्मी रुपन्देही सम्पर्क समितिका सचिव समेत रहेका छन् ।