धुर्काेटकाे अध्यक्षमा गठबन्धनबाट काँग्रेसका महेन्द्र भण्डारी उमेदवार

गुल्मी, १० बैशाख / धुर्काेटकाे अध्यक्षमा गठबन्धनबाट काँग्रेसका महेन्द्र भण्डारी उमेदवार बनेका छन् । गुल्मीकाे धुर्काेट गाउँपालिकाकाे अध्यक्षका लागि सत्तारूढ गठबन्धनबाट नेपाली काँग्रेसका नेता महेन्द्र भण्डारी उमेदवार बनेका हुन् ।

गाउँपालिका अध्यक्षका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आ-आफ्नै अडान लिएपछि निर्णयकाे लागि लुम्बिनी प्रदेश गठबन्धन संयन्त्रलाई अधिकार दिइएको थियो । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठले धुर्काेट गाउँपालिकामा सत्तारूढ गठबन्धनकाे तर्फबाट काँग्रेसले अध्यक्ष पाएकाे बताए । काँग्रेसकाे तर्फबाट सर्वसम्मत उमेदवार बनेका भण्डारी गठबन्धनकाे साझा उमेदवार बनेको श्रेष्ठले बताए । धुर्काेट गाउँपालिकाकाे अध्यक्ष नपाएको नेकपा माओवादी केन्द्रले मदाने गाउँपालिकाकाे अध्यक्ष पाउने छ ।

सत्तारूढ गठबन्धनबाट धुर्काेट गाउँपालिकाकाे अध्यक्षमा उमेदवार बनेका भण्डारी नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष हुन् । उनी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन् । भण्डारी कांग्रेसमा मात्र नभई अन्य राजनीतिक दलसँग पनि लोकप्रिय नेताका रुपमा पहिचान बनाएका नेता हुन् । निरन्तर राजनीतिमा सक्रिय भण्डारी स्थानीय र राष्ट्रिय स्तरमा निकै सक्रिय मानिन्छन् ।

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेस माओवादीको गठबन्धन बाट माओवादीका भुपाल पोख्रेल अध्यक्षमा र कांग्रेसका शिव केसी उपाध्यक्षमा निर्वाचित भएका थिए । गठबन्धनका साझा उमेदवार भण्डारीले जित्ने पक्का भएको बताइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै