झिमरुकका तीन जना जनप्रतिनिधि ले दिए राजिनामा

दीपेन्द्र सुनार प्युठान बैशाख १० ।प्युठान जिल्ला झिमरुक गाउँपालिका वार्ड न १ का वडा अध्यक्ष सहित दुई जना वडा सदस्य ले पदबाट राजीनामा दिएका छ्न।
राजिनामा दिनेहरुमा वडा अध्यक्ष धुर्ब्रराज खनाल सहित वडा सदस्यहरु शंकर पोख्रेल र बिस्णा घर्तिमगरले राजिनामा दिएका हुन।
निर्वाचन आयोगले जनप्रतिनिधि पुन चुनाव लडन चाहेमा पदबाट राजिनामा दिनुपर्ने ब्याबस्था गरेको छ । त्यही अनुसार जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने भएका छ्न। उम्मेदवारी दिदा राजिनामा दिनुपर्ने चुनावी आचारसंहिता सहितको प्राबधान विरुद्ध मा परेको रिट सर्बोच्च अदालतले खारेज गरिदिएपछी जनप्रतिनिधिले चुनाव लडन राजिनामा दिनुपर्ने छ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै