“बागलुङ तिरको”पन्चेबाजा गित सार्वजनिक

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा दोहोरीका राजा भनेर चिनिने गायक तथा सर्जक रविन लामिछानेको शब्द सिर्जना रहेको नयाँ गीत शिरफूल शिरको भर्खर मात्र सार्वजनिक भएको छ ।

पञ्चेबाजाको सो उत्कृष्ट गीतमा लय सिर्जना भने ईश्वर सिंहले गरेका छन । ईश्वर र शान्ता रानी परियारको आवाज रहेको सो गीतले भिन्न दुई स्थानका मायालु जोडिहरूका कथालाई निकै कलात्मक रुपमा उठाएको छ ।

गीतको अडियो र भिडियो उत्कृष्ट छ । भिडियोलाई युवा निर्देशक विनोद भण्डारीले निर्देशन गरेका छन भने अभिनयमा विनोदलाई नारायणी खत्रीले साथ दिएकी छन । गीतलाई शान्ता रानी परियारको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै