Advertisement
विज्ञापन

लायन्स स्टार्सद्धारा सम्मान तथा क्यालेन्डर बिमोचन



Advertisement
विज्ञापन

लायन्स क्लब अफ बुटवल स्टार्सद्वारा लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराई लाई सम्मान गरेको छ । नयाँ बर्ष २०७९ को अवसरमा आयोजना गरिएको शुभकामना अदान प्रदान तथा लायन्स क्यालेन्डर विमोचन कार्यक्रममा उनलाई सम्म्मान गरिएको हो ।

लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराईले कार्यक्रममा बोल्दै लुम्बिनी लाई विश्वशान्तीको मुहानको रूपमा विकास गर्ने गरी योजना अगाडी बढाईएको जानकारी दिए । उनले गुरुयोजना समयमा नै पुरा गर्नको लागि आफुले सक्दोपहल गर्ने समेत बताए ।


Advertisement
Advertisement
Advertisement

कार्यक्रममा बोल्दै लायन्स क्लव बुटवल स्टार्सका अध्यक्ष अन्जील खान ले सामाजिक क्षेत्रमा क्लवले विभिन्न रचनात्मक काम गर्दै आएको जानकारी दिदै बुद्धको मावली स्थान देवदहबाट कोषाध्यक्षमा नियुक्ती भएका भट्राईलाई बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेसनल ३२५ पी नबनिर्वाचित फष्ट भिडिजी अर्जुनमान शैजुले सामाजिक क्षेत्रमा क्लवको योगदान उच्च रहेको भन्दै विश्व शान्तीको मुहन लुम्बिनीको अझ बढि प्रचार प्रसार गर्नुपर्ने बताए ।

लायन्स क्लब इन्टरनेसनल ३२५ पि का नबनिर्वाचित सकेन्ड भिडिजी एमजेएफ पुरुशोत्तम प्रधानांङ्ग ले पनि सोही प्रकृतिको योजना ल्याएर विदेशी पर्यटक आर्कषित गर्नुपर्ने धारणा राखे ।

सस्थापक अध्यक्ष तथा नोमिनेट डिष्ट्रिक सेक्रेटरी एमजेएफ सन्दीप कसौधन, पुर्ब अध्यक्षहरू एमजेएफ एम।एल पाण्डे, एमजेएफ दिपक भट्टराई, निबर्तमान अध्यक्ष एमजेएफ शुसिल पाण्डे लागयतको सहभागीता रहेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad