झिमरुकमा भत्किदै मसालको किल्ला २२ घरधुरी एमाले प्रवेश
दीपेन्द्र सुनार प्युठान बैशाख ८। राष्ट्रिय जनमोर्चा को किल्ला ठानिएको झिमरुक गाउँपालिकामा करिब २२ घरधुरी एमाले प्रवेश गरेसंङ्गै झिम्रुकको राजनीति मा फरक खालको तंरग आएको छ।
झिम्रुक गाउँपालिका वार्ड न १ का विभिन्न बस्तीहरुबाट राष्ट्रिय जनमोर्चा का जनजाती जिल्ला अध्यक्ष प्रतिमान पुन मगर सहित २२ घरधुरी नेकपा एमालेमा प्रवेश गरेका हुन।
नेकपा एमालेले बिकाश समृद्धि को काम पूरा गर्ने र यसैले नै स्थानीय देखि केन्द्र सम्म संक्षम नेतृत्व गर्न सक्ने भन्दै करिव २२ घरधुरी नेकपा एमालेमा प्रवेश गरेका हुन।
नव प्रवेशीहरुलाई नेकपा एमालेका पोलिट ब्यूरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सुर्य थापाले अबिर माला र खादा ओढाएर एमाले प्रवेश गराएका हुन।
नेकपा मसालले यतिका समय प्युठान मा राज गरे पनि केहि गर्न नसकेको र अन्त्यमा आएर मसाल मुसाको पुच्छर को लौरो न हतियार भएको कारण देखाउदै आफू एमाले प्रवेश गरेको नवप्रबेशी पुनले बताए।
मसालले स्वार्थको राजनीति गरेको भन्दै आन्तरिक जिवनमा असहज परिस्थिति परेकाले आफुले यस्तो निर्णाय लिएको भन्दै अब आजका दिनबाट एमाले पार्टी मा आवद्ध भइ जोस र जागरका लाग्ने अटुट राख्दै अब अरु साथीहरुलाई पनि अब एमालेमा फर्कन आग्रह गरेका हुन।
सो अवसरमा बोल्दै सुर्य थापाले राष्ट्रिय जनमोर्चाले प्युठान बाट दुई वटा र बाग्लुङ बाट एउटा मात्र गाउँपालिका जितेर राष्ट्रिय पार्टी बन्न नसक्ने बताएका छ्न।
राष्ट्रिय जनमोर्चा अहिले जुन गोरुको सिङ छैन उसैको नाम तिखे भन्ने नाम भएको ब्याक्ती जस्तै भएको र भन्दै अब मसाललाई झिम्रुक मात्र नभएर तिनवटै गाउँपालिका बाट खाली गर्ने समेत बताएका छ्न।
साथै अब झिम्रुकबाट मसालको नरहयो बास नबजेयो बासुरी को ब्याङ्ग्यात्मक समेत थापाले प्रस्तुत गरेका छ्न।
त्यस्तै नेकपा एमाले प्युठान जिल्ला सहइन्चार्ज हरिप्रसाद रिजालले नेकपा एमालेको लक्ष्य नै जनताको समृद्धि भएकाले जुन किसिमले एमाले प्रतिको जनलहर बढिरहेको छ। त्यो खुशीको कुरा भएको बताएका छ्न।
त्यस्तै एमाले झिम्रुक गाउँकमिटी पार्टी अध्यक्ष इन्द्रमणी पोख्रेलले आगामी निर्वाचनमा प्युठान मा एमालेको सुर्यध्वजवाहक झन्डा फहराउने बताए। उनले सबै प्रवेश गर्ने साथीहरुलाई उपर्युक्त जिम्मेवारी दिने प्रतिबद्धता जनाए।
कार्यक्रम मा नेकपा एमाले झिम्रुक गाउँपालिका वार्ड न १ का पार्टी अध्यक्ष लिला बहादुर घर्तिक्षेत्री को अध्यक्षता , नेकपा एमाले का पोलिटब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सुर्य थापाको प्रमुख आतिथ्यता , नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्युठान जिल्ला सहइन्चार्ज हरि प्रसाद रिजाल को विशेष आतिथ्यता तथा पार्टी सदस्य तुल बहादुर पुनको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम को सन्चालन नेकपा एमाले झिम्रुक गाउँपालिका वार्ड न १ का पार्टी सचिब संकर पोख्रेल ले गरेका थिए।